दुर्घटना अपडेट- जीवित भेटिएका यात्रुहरूको पनि निधन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दुर्घटना अपडेट- जीवित भेटिएका यात्रुहरूको पनि निधन



काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरको जहाजबाट अहिलेसम्म ३२ जनाको शव भेटिएको छ । जीवित भेटिएका कतिपय यात्रुहरूको पनि निधन भएको बताइएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारीअनुसार बिहान साढे १० बजे पोखराका लागि काठमाडौंबाट उडेको जहाज दुर्घटनामा परेको थियो ।

जहाजमा ५३ जना नेपाली, पाँच भारतीय, रसियन ४, आयरल्यान्डका एक, अस्ट्रेलियन नागरिक १, अर्जेन्टिनी नागरिक एक, कोरियन २, फ्रान्सेली १ गरी जम्मा ६८ यात्रु रहेका थिए ।

चालक दलका सदस्य चारजना रहेको प्राधिकरणले जनाएको छ । १० बजेर ५० मिनेट जाँदा जहाज सेती खोँचमा सम्पर्कमा आएको बताइएको छ । त्यसलगत्तै जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । जहाजमा चालक दलका सदस्य ४ जना, महिला २५, पुरुष ३७, ३ बालक र ३ शिशु रहेका थिए ।

त्यसमध्ये १३ महिला, १८ पुरुष र १ शिशुको शव फेला परेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अहिलेसम्म ३२ जनाको शव निकालिएको छ ।

केही शवहरु अत्यन्तै अप्ठेरो ठाउँमा रहेकाले निकाल्न कठिनाई भइरहेको जनाइएको छ । केहीको जीवितै उद्धार गरिएको भने पनि अस्पताल पुर्‍याउँदा जीवित नरहेको पाइएको छ ।

स्थानीय उद्धारकर्ताले जीवितै उद्धार गरेकाको पनि अस्पताल पुर्‍याउँदासम्म निधन भएको पाइएको उनले जानकारी दिए ।गण्डकी अस्पतालले पनि आफूहरुकहाँ ल्याइएका सबै जनाको निधन भएको बताएको छ ।