जिग्री र पाँडेविरुद्ध उजुरी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जिग्री र पाँडेविरुद्ध उजुरी



काठमाडौं- चर्चित हास्य टेलिश्रृंखला भद्रगोल हुँदै सक्किगोनी बनाएका कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ बिरुद्ध प्रहरीमा उजुरी परेको छ ।

उनीहरूबिरुद्ध मिडियाहबले उजुरी गरेको प्रहरीले जनाएको छ। भद्रगोलको चरित्र कपिराइट गरेको आरोपमा महानगरिय प्रहरी परिसर काठमाडौंमा मुद्धा हालिएको हो।

‘सक्किगोनी’ हास्य टेलिश्रृंखला नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको छ भने मिडियाहबले आफ्नो टेलिश्रृंखला भद्रगोलको कपि गरेको आरोप लगाएको छ। सक्किगोनी समूहविरुद्ध उजुरी परेपछि यसै विषयमा छलफलका लागि उनीहरूलाई प्रहरीले बोलाएको छ ।

प्रहरीका अनुसार मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरू अर्को टेलिश्रृंखलामा प्रयोग गरेको भन्दै उजुरी गरेका हुन् ।