जिप दुर्घटना, २ को मृत्यु ७ जना घाईते - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जिप दुर्घटना, २ को मृत्यु ७ जना घाईते



हिमाल पोष्ट / म्याग्दी, ११ मङ्सिर

म्याग्दीमा शनिबार दिउँसो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सदरमुकाम बेनीदेखि भकिम्लीतर्फ गैरहेको ग २ च २००६ नम्बरको गाडी दुर्घटना हुदाँ भकिम्ली–८ का ६० वर्षीय गंगामणि छन्त्याल लेखानी–६ बागलुङकी ६ वर्षीया युरीना रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मलामी गएको फर्किएको यात्रु बोकेको बोलेरो गाडी भकिम्ली–७ हल्लेगौंडमा सडकबाट ६० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी लेखानी–६ बागलुङकी राजकुमारी रोका, दिया रोका, मिना रोका, युसन रोका,भकिम्लीका पूर्णकली पुन, कोपिला छन्त्याल,जुनकिरी पुन घाईते भएका छन । घाईतेको जिल्ला अस्पताल म्याग्दीमा उपचार भईरहेको छ ।

शनिबार जित बहादुर पुनको मलामी गएर फर्किएका आफन्त र छिमेकी दुर्घटनामा परेका हुन्। बोलेरो जीपबाट यात्रु ओर्लने क्रममा चालकले सावधानी अपनाउन नसक्दा दुर्घटना भएको स्थानीयबासीको भनाई छ ।