जिसस जाजरकोटमा कांग्रेस-माओवादी गठवन्धनको जित हासिल - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जिसस जाजरकोटमा कांग्रेस-माओवादी गठवन्धनको जित हासिल



जाजरकोट ,साउन १९ ।

जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस माओवादी गठवन्धनले जित हासिल गरेको छ । संयोजकमा माओवादी केन्द्र र सहसंयोजकमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।

आजको नयाँ पत्रिकामा खबर छ– जिल्ला समन्वय समिति गठनका लागि बुधबार भएको निर्वाचनबाट माओवादी केन्द्रका उम्मेद्वार मानबहादुर रावल संयोजकमा विजयी भएका हुन् । १४ मतमध्ये आठ मत ल्याएर रावल विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका गोरे कार्कीले ६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, सहसंयोजकमा कांग्रेसका उम्मेद्वार ज्ञानिप्रसाद शर्मा विजयी भउ । सदस्यहरुमा कांग्रेसका तेजविक्रम शाह, कल्दर सिंह, जनक बादी र जुनकिरी दमाई निर्वाचित भएका छन् ।

त्यस्तै, माओवादी केन्द्रबाट सदस्यमा वीरबहादुर रावत, गरिमा शाही र सरस्वती विष्ट शाह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिए ।