जिशिकाको सपना अधुरो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जिशिकाको सपना अधुरो



काठमाडौं-

शिक्षा मन्त्रालयले यो बर्षदेखि कक्षा ८ को जिल्लास्तरीय परीक्षा गर्ने जिमा स्थानीय निकायलाई दिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

शिक्षा विभागले मंगलबार निर्णय गरी सबै स्थनीय निकायबाट कक्षा ८ को परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । इश्वरराज ढकालले नेपाल समाचारपत्रमा लेखेका छन् ।

विघटनको संघरमा पुगेका जिल्ला शिक्षा कार्यालयले अहिलेसम्म आफ्नो मातहतबाट विद्यालय सञ्चालन भइरहेको अवस्थामा जिशिकाबाटै परीक्षा सञ्चालन गर्न माग गर्दै आएका थिए ।

तर मन्त्रालयले मंसीर ३ गते सचिवस्तरीय निर्णय गरी स्थानीय निकायबाट परीक्षा सञ्चालन गर्न शिक्षा विभागमा पत्राचार गरेपछि जिल्ला शिक्षा कार्यालयहरुको कक्षा ८ को अन्तिम परीक्षा सञ्चालन गर्ने सपना पूरा हुन सकेन ।