जीत बहादुरको "मेरो त बातै नकार्छौ" बजारमा : भिडियो सहित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जीत बहादुरको “मेरो त बातै नकार्छौ” बजारमा : भिडियो सहित



तीज सकिए सँगै लोकदोहोरी गीत बजारमा आउन थालेका छन् यसै क्रममा अमूल्य म्युजिक प्रा लिई ले जीत बहादुर रसाईलिको प्रस्तुतिमा लोक दोहोरी गीत मेरो त बातै नकार्छौ डिजिटल बजारमा सार्वजनिक गरेको छ ।

यस गीतमा पछिल्लो समयका उदाउँदा सर्जक महेन्द्र विश्वकर्मा ले हाम्रै बोलीचालीमा प्रयोग हुने सरल खालको शब्दहरू उनेर लय पनि बनाएका छन् । जीत बहादुर रसाईलि र चर्चित गायिका पुर्णकला बि सी को आवाजमा तयार भएको गीत नाँचु नाँचु लाग्ने खालको बनेको छ ।

बि स्टार फिल्मस् को ब्यानरमा तयार भएको भिडियोलाई विक्रम चौहानको निर्देशनमा बासु बरालले खिचेर मिलन बि क ले सम्पादन गरेका छन् । भिडियोमा निर्देशक विक्रम चौहानको साथमा रिता रसाईलि को उत्कृष्ट नृत्य रहेको छ।