जोफ्रा आर्चर आइपिएल खेल्न नपाउने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जोफ्रा आर्चर आइपिएल खेल्न नपाउने



एजेन्सी – इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् ।

दायाँ हातको कुनाईको चोटको कारण आर्चरले श्रीलंकासँग मार्चमा हुने दुई टेष्ट र भारतमा हुने आईपीएल गुमाउने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ ।

आर्चर गत डिसेम्बरमा भएको दक्षिण अफ्रिकासँगको पहिलो टेष्टको क्रममा घाइते हुन पुगेका थिए । आर्चर राजस्थान रोयल्सबाट आइपिएल खेल्ने गर्दछन् ।

आधुनिक क्रिकेटमा वाउन्सर बलको राजा मानिने आर्चर नहुँदा इंग्ल्यान्ड र राजिस्थान रोयल्स दुबैलाई ठूलो धक्का लाग्ने अनुमान गरिएको छ ।

आर्चरलाई सन् २०१८ को अक्सनमा राजस्थानले ७.२० करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । गत जुलाईमा भएको एकदिवसिय विश्वकप इंग्ल्यान्डलाई पहिलो पटक विश्वकप जिताउन आर्चरले महत्वपूर्ण प्रर्दशन गरेका थिए ।

आर्चरले विश्वकपमा ११ खेलमा २० विकेट लिएका थिए भने फाइनलमा सुपर ओभरमा उत्कृष्ट प्रर्दशन गरेका थिए ।

आगामी संस्करणको आईपीएल चैत्र १६ देखि जेठ ११ (मार्च २९ देखि मे २४) सम्म भारतका विभिन्न शहरमा हुने छ । यस पटकको आईपिएलको उद्घाटन र फाइनल मुम्बईमा हुने छ ।