जोफ्रा आर्चर बने ‘मोस्ट भ्यालुएबल प्लेयर’ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जोफ्रा आर्चर बने ‘मोस्ट भ्यालुएबल प्लेयर’



एजेन्सी- राजस्थान रोयल्सका बलर जोफ्रा आर्चर १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका छन् ।

दुबईमा मंगलबार राति सम्पन्न प्रतियोगितामा आर्चर ‘मोस्ट भ्यालुएबल प्लेयर’ चुनिएका हुन् ।

इमर्जिङ प्लेयर अवार्ड देबदुत पडिकलले जित्दा गेम चेन्जर अवार्ड केएल राहुलले जिते ।

सुपर स्ट्राइकर अवार्ड केइरन पोलार्ड र पावर प्ले अवार्ड ट्रेन्ट बोल्टले जिते ।

यस्तै सबैभन्दा बढी रन बनाएर केएल राहुलले ओरेन्ज क्याप पाएका छन् । सबैभन्दा धेरै विकेट लिएका कागिसो राबडाले पर्पल क्याप पाएका छन् । मोस्ट सिक्स अवार्ड इशान किसनले हात पारे ।

प्रतियोगिताको उपाधि भने दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई पाँचौ पटक च्याम्पियन बनेको हो ।