जाेगमाया चापागाईं गजल पुरस्कार - २०७४ गजलकार कमल सङ्घर्षको 'सडक'लाई - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जाेगमाया चापागाईं गजल पुरस्कार – २०७४ गजलकार कमल सङ्घर्षको ‘सडक’लाई



हिमाल पोस्ट /काठमाडौं भदौ २

जाेगमाया चापागाईं प्रतिष्ठानले प्रदान गर्दै अाएकाे  जाेगमाया चापागाईं गजल पुरस्कार – २०७४ गजलकार कमल सङ्घर्षलाई प्रदान गरिने भएकाे छ । गतबर्ष प्रकाशन भएकाे गजल सङ्ग्रह सडकलाई दिने घाेषणा जाेगमाया चापागाईं गजल पुरस्कारका संयाेजक प्रदिप चापागाईंले सार्वजनिक गर्नुभएकाे छ ।

२५ हजार राशि र ताम्रपत्र सहित हरेक वर्ष गजल लेखनमा सक्रिय रहेका मध्यबाट एकजनालाई  प्रदान गरिदै अाइएकाे उक्त पुरस्कार  जाेगमाया चापागाईं प्रतिष्ठानले यस वर्षका लागि युवा पुस्ताका सशक्त गजलकार सङ्घर्षलाई दिने निर्णय पुरस्कार संयाेजन समितिले गरेकाे हाे । गजल लेखनमा निकै सक्रिय रहेका कमल सङ्घर्षलाई नेपाली गजल क्षेत्रमा देखा परेका सशक्त स्रष्टाका रूपमा हेर्ने गरिएकाे छ ।  संयुक्त गजल सङ्ग्रह कैफियत एक र सडक गजल सङ्ग्रह सङ्घर्षका प्रकाशित गजल कृति हुन । सडक गजल सङ्ग्रह नेपाली गजलमा निकै चर्चामा रहेकाे सङ्ग्रह हाे ।

सबैबाट निकै रुचाईएकाे सडक रचनावाचनले प्रकाशनकाे १ वर्ष नपुग्दै दाेस्राे संस्करण शिखा बुक्सबाट प्रकाशन हुने अन्तिम तयारीमा रहेकाे छ । अछाममा जन्मिएका संघर्षकाे गजलकारिता सानै उमेरमा अछामबाटै सुरु भएकाे थियाे । ‘जोगमाया चापागाईँ गजल पुरस्कार’ गत वर्ष कवि गजलकार असीम सागरलाई प्रदान गरिएकाे थियाे ।