कोरोना सङ्क्रमण: जोखिम भनेको मृत्यु होइन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोरोना सङ्क्रमण: जोखिम भनेको मृत्यु होइन



-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ

विश्वभर भय र त्रासको वातावरण बनाएको कोरोना भाइरस सङ्क्रमण त्यति हानिकारक छैन जति हल्ला, अफवाह र प्रचार गरिँदैछ ।

विभिन्न मानिसले आफ्नो अनुकुल व्याख्या गरेर, तर्साएर र भ्रम फैलाएर आम मानिसको मनमा महामारीको वातावरण बनाईदैछ ।

पछिल्लो समय थप केहि भ्रम बजारमा आएका छन् र त्यस्ता भ्रममा सत्यता छैन ।

कोरोना संक्रमणका नयाँ भ्रम र वास्तविकता

-महामारी वा प्राकृतिक बिपत्तिको समयमा हल्लाको औंला समाएर हिंड्नु हुँदैन । अहिले केहि जबर्जस्त हल्लाहरु चलेका छन् ।कोरोना संक्रमण भयो भने मरिन्छ भनेर धेरैजना आत्तिएको देखिन्छ । विश्वको डाटा हेर्नुहोस । कोरोना संक्रमणबाट देश अनुसार ०.७ देखि ३.५ % सम्म मृत्युदर देखिएको छ । यो संख्या धेरै हैन । मृत्यु भएका ६ हजार मध्ये कोरोना संक्रमणको महामारी नआएको भए पनि झन्डै ३० % को आफ्नै कालले मृत्यु हुन्थ्यो ।

-रक्सी खाएमा कोरोना भाइरस मर्छ भन्ने ठूलो भ्रम छ । अल्कोहल कन्टेन्ट स्यानिटाइजरले हात सफा गर्ने हो । अल्कोहल खाने व्यक्तिमा रोगसँग लड्ने क्षमता कम हुन्छ । संक्रमित व्यक्तिले अल्कोहल खाएमा मृत्यु हुन सक्छ । इरानमा कोरोना संक्रमित व्यक्तिहरु यहि भ्रममा पर्दा झन्डै ४० जना व्यक्तिको रक्सीले ज्यान लियो ।

-धेरै उमेर भएका तथा दीर्घ बिरामीलाई कोरोना संक्रमण भयो भने ज्यान जान्छ भन्ने अर्को भ्रम छ । प्रेसर, सुगर, श्वासप्रश्वास आदिका औषधि सेवन गरेर आफ्नो काम गरिरहेकालाई जोखिम नगन्य छ । मधुमेहमा पनि टाइप – २ मधुमेहका बिरामीलाई खासै खतरा छैन । टाइप – १ लाई जोखिम मानिन्छ ।

-जोखिम भनेको मृत्यु हैन । संक्रमणबाट साबधानी अपनाउनु पर्ने हो । त्यस्तै अन्य रोग लागेर औषधि सेवन गरेका, खानपिनमा ख्याल गर्ने, भीडभाडमा नजाने, सफा बस्नेत् तथा उच्च आत्मबल भएका व्यक्तिलाई जोखिम एकदम कम छ ।

-लसुन, बेसार, गुर्जो, अदुवा आदिले कोरोनालाई सन्चो गर्ने हैन । रोगसँग लड्ने क्षमता बढाउने हो । गोमुत्र सेवनले भाइरस मर्दैन । बरु अरु संक्रमण हुनसक्छ । आत्तिएर जे पायो त्यहि खाने नगरौं।

-रुघाखोकी, ज्वरो तथा सास फेर्न गाह्रो हुँदैमा कोरोना संक्रमण भएको हुँदैन । यी मौसमी रुघाखोकीका लक्षण हुन् ।

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ