उपत्यकाका ६ क्षेत्र जोखिमको सूचीमा : बढाइयो सुरक्षा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

उपत्यकाका ६ क्षेत्र जोखिमको सूचीमा : बढाइयो सुरक्षा



काठमाडौं-

निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ ।

आजको नागरिक दैनिकमा केपी ढुंगानाले लेखेका छन् ।

निर्वाचन विथोल्न खोज्ने विप्लव समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य समूह पनि सक्रिय हुन सक्ने आधार, घनाबस्ती र छिमेकी जिल्लाको सुरक्षा अवस्था आधारमा महानगरीय प्रहरी कार्यालयले ६ वटा क्षेत्र जोपखममा रहेको आकलन गरी सुरक्षाकर्मी परिचालन र अन्य सक्रियता बढाएको छ ।

जानकारीअनुसार काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये १०, ७, ६, ३ र २ तथा ललितपुरका ३ मध्ये निर्वाचन क्षेत्र नम्बर १ मा अन्य क्षेत्रको तुलनामा सुरक्षा चुनौती बढ्न सक्ने निष्कर्ष निकाल्दै सुरक्षाकर्मीको संख्या बढाइएको छ ।