जाेनी जेन्टलमेनकाे टाेली बुटवलमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जाेनी जेन्टलमेनकाे टाेली बुटवलमा



बुटवल । भाद्र ३० गतेबाट अल नेपाल रिलिज हुन लागेको चलचित्र जाेनी जेन्टलमेनकाे टाेली बुटवल अाएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलनकाे अायाेजना गरी टिमले चलचित्रकाे बारेमा जानकारी प्रदान गरेका थिए ।

पत्रकार सम्मेलनमा बाेल्दै चलचित्र निर्माता अजय मल्ल ठकुरीले चलचित्रमा लभ स्टाेरिलाइ समेटीएकाे जानकारी दीए । उनका अनुसार चलिचत्र ‘जोनी जेन्टलम्यान’ दर्शकले खोजे जस्तो फिल्म रहेको बताए ।

चलिचत्र‘जोनी जेन्टलम्यान’ नायक पल शाह र नायिका आँचल शर्माका लागि निकै महत्वपूर्ण छ । स्टार बन्ने दौडमा रहेका नायक पल शाहलाई ‘जोनी जेन्टलम्यान’ सफल भए उनको दवदवा फिल्म क्षेत्रमा बढ्ने पक्का छ ।

नायिका आँचल शर्माको करिअरका लागि पनि लभस्टोरी र एक्सनको कथामा तयार भएको यो फिल्म चल्नुपर्ने छ ।फिल्मले ‘श्री’ अर्थात् आँचलका कारण पल ‘जोनी’बाट कसरि ‘जेन्टलम्यान’ बन्छन् भन्ने देखाउँछ । पोखरा हुँदै बुटवल आएको ‘जोनी जेन्टलम्यान’ टिम पत्रकार भेटघाट गर्‍यो देश दौडामा रहेको टिम आजै चितवन पुग्ने छ  । पल शाहले ‘जोनी जेन्टलम्यान’ उत्कृष्ट फिल्म बनेको बताए ।

नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ ।

यसअघि पल र आँचलले फिल्म ‘नाई नभन्नू ल ४’ मा अभिनय गरेका थिए । ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि पल अभिनित तेस्रो फिल्म ‘जोनी जेन्टलम्यान’ अहिले प्रतिक्षित बनेको छ । फिल्ममा पललाई नितिनले एंग्री योङ म्यानका रूपमा देखाउन खोजेका छन् ।

नायिका आँचल शर्माले ‘जोनी जेन्टलम्यान’मा आफूले एउटा एनजिओमा काम यूवतीको भूमिका निर्वाहा गरेको बताइन् । उनले भनिन्, ‘मैँले फिल्ममा श्रीको भूमिका निर्वाहा गरेको छु । श्रीले जोनीलाई कसरि जेन्टलम्यान बनाउँछे भन्ने कुरा दर्शकहरुले फिल्ममा हेर्न पाउनुहुन्छ ।’

फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् ।