शुक्रबारदेखि सवारीसाधनमा जोर बिजोर लागु, यस्ता छन् अन्य आदेश - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

शुक्रबारदेखि सवारीसाधनमा जोर बिजोर लागु, यस्ता छन् अन्य आदेश



काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सवारीसाधनमा जोर–विजोर प्रणाली लागु हुने भएको छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउनसम्बन्धी थप आदेश जारी गर्दै जोर–बिजोर प्रणाली लागु गर्न निर्देशन दिएका हुन् ।

उक्त आदेश आज राती १२ बजेबाट लागु हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त निर्णयले उपत्यकामा जोर–बिजोर लागु गर्ने भएको हो ।

उक्त निर्णयअनुसार दुई पाग्रे सवारीसाधन पनि जोर विजोर चलाउनु पर्ने भएको हो ।

आदेश जस्ताको तस्तै-

सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रेसहित) देहाय बमोजिम हुने गरी सञ्चालन गर्नुपर्ने
(क) जिल्ला भित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने,
(ख) सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,
(ग) सबै यात्रुलाई मास्क अनिबार्य गर्ने,
(घ) सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्ने,
(ङ) चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनु पर्ने,
सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नु पर्ने,
(छ) सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैया लिई मास्क उपलब्ध गराउनु पर्ने,
(ज) मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने ।
(झ) लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरु देखि
अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरुको विवरण जिल्ला कोभिड–१९
सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई उपलध गराउने,
(ञ) लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण
गर्ने व्यवस्था मिलाउने ।
(ट) राष्ट्रिय राजमार्गहरुमा सञ्चालित होटेल तथा रेष्टुरेण्टहरुले जनस्वास्थ्यका मापदण्डहरु पालना
गरी भिडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिने ।
(औषधि, स्वास्थ्य सामाग्री बोकेका सवारीसाधनहरु, एम्बुलेन्स, दमकल, सववाहन, ग्यास पेट्रोलीयम पदार्थ बोकेका सवारीसाधन, पशुपंक्षीका दाना, अन्डा फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारी साधन बाहेक) ।