जोर्तेमा भिषण पहिरो- डाँडो खसेपछि सडक पुरै बन्द - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जोर्तेमा भिषण पहिरो- डाँडो खसेपछि सडक पुरै बन्द



फाइल तस्बिर

पाल्पा- अविरल वर्षाका कारण ठूलो पहिरो खसेपछि पाल्पा–गुल्मी सडक पूर्ण रूपमा बन्द भएको छ । बिहीबार बिहानै पहिरो खसेकाले सडक अवरुद्ध भएको बताइएको छ ।

पाल्पा-गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका-२, खस्यौलीको जोर्तेमा डाँडो नै खसेर ठूलो पहिरो झरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार जोर्ते बजार नजिकै पहिरो खसेको र सडक डिभिजनसँग समन्वय गरेर डोजर पठाउन लागिएको बताइएको छ ।

पहिरोको अवस्था बुझ्न हार्थोक र अर्गली प्रहरी चौकीमा खबर भइसकेको र केही बेरमा थप जानकारी आउने बताइएको छ ।

सडक अवरुद्ध हुँदा बुटवलततर्फबाट गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने सवारी साधन र त्यसतर्फबाट बुटवल, पाल्पा आउने सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् ।