जसपाले पनि मन्त्रीको नाम टुंग्यायो, यी हुन् नयाँ बन्ने मन्त्रीहरू - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जसपाले पनि मन्त्रीको नाम टुंग्यायो, यी हुन् नयाँ बन्ने मन्त्रीहरू



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले पनि मन्त्रीहरुको नाम टुंगो लगाएको छ । यससँगै आजै सरकारले पूर्णता पाउने भएको छ ।

नेताहरूबीच मन्त्रिमण्डलमा पठाउनेको नाममा अनौपचारिक सहमति भैसकेको स्रोतले जनाएको छ । श्रोतका अनुसार मन्त्रीहरुमा राजेन्द्र श्रेष्ठ (सँघीय मामिला,सामान्य प्रशासन तथा स्थानीय विकास), रामसहायप्रसाद यादव,रेणु यादव र प्रमोद साहको नाम आएको छ ।

कार्यकारिणी समितिको बैठकबाट मन्त्रीको नाम टुंगो लगाउन पार्टीका तीन शिर्ष नेतालाई जिम्मा दिइएको थियो । त्यसै अनुरुप पार्टीका तीन शिर्ष नेताले नाम टुंगो लगाएका हुन्।

कार्यकारिणी समितिको बैठकले मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादव,संघीय परिषद अध्यक्ष डा. भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो ।

यससंगै मन्त्रिपरिषद् आजै थपिने पक्का भएको छ ।