जेटि क्रीकेट कप : बाल बाटिका र कालिका सेमिफाईनलमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जेटि क्रीकेट कप : बाल बाटिका र कालिका सेमिफाईनलमा



बौनिया,कैलाली । पाचौं जेटि कपको पहिलो क्वाटर फाईनलमा जित हात पार्दै बाल बाटिका सेमिफाइनलमा प्रबेश गरेको छ । आज बिहान भएको खेलमा गणेश बाबा टिकापुरलाई ५ बिकेटले पराजित गर्दै बाल बाटिका सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको हो ।

टस जितेर ब्याटिङ गरेको गणेश बाबा टिकापुरले निर्धारित २० ओभर मध्य १७ ओभर खेल्दै अल आउट हुदै ६४ रन बनाउन सफल भएको थियो । गणेश बाबालाई सस्तैमा रोक्ने क्रममा बाल बाटिकाका अनुज शाहले ३ बिकेट र मानब बिष्ट र हेमन्त बुढाले २/२ बिकेट लिन सफल भएका थिय । ६५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको बालबाटिका निर्धारित २० ओभर मध्य १३.१ ओभर खेल्दै ५ बिकेटको क्ष्यतिमा जित हात पार्दै सेमिफाइनल पुग्न सफल भएको हो। ४ ओभरमा ५ रन खर्चिदै ५ बिकेट हात पार्ने गणेश बाबाका राजेन्द्र खनाल म्यान अफ द म्याच बन्न सफल भएका थिए ।

यसै गरि आज भएको अर्को क्वाटर फाईनल खेलमा उज्यालो लम्की लाई पराजित गर्दै कालिका ३२ रनले बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कालिकाले निर्धारित २० ओभर खेल्दै ९९ रनमा ८ बिकेट गुमाउन पुगेको थियो । कालिकाका लागी भरत खडकाले ३८ रनको योगदान गरेका थिए । १०० रनको लक्ष्य लिएर ब्याटिङमा आएको उज्यालो लम्की निर्धारित २० ओभर मध्य १६.३ ओभर खेल्दै अल आउट हुदै ६६ रन बनाउन सक्यो र ३२ रनको हार ब्यहोर्दै सेमिफाइनल पुग्न सफल भएको थियो । आफ्नो टिमलाई जित दिलाउने क्रममा भजन बोहराले ४ बिकेट लिन सफल भएका थिए । ३८ रन बनाएका कालिकाका भरत खडका म्यान अफ द म्याच बन्न सफल भए ।

यसै गरि भोली पहिलो क्वाटर फाईनल खेलमा द शन राईज का विरुद्ध गुरुकुल प्रतिस्पर्धा गर्ने छ भने अन्तिम क्वाटर फाईनल खेल नाता का विरुद्ध क्याम्बृज बिच प्रतिस्पर्धा हुने मनोज कुमार पन्तले जानकारी दिए । प्रथम हुने टिमले ७५ हजार नगद हात पार्दा उप विजेताले ३८ हजार हात पार्ने छ ।