पाचौं जेटि क्रीकेट कप : बाल बाटिका फाईनलमा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

पाचौं जेटि क्रीकेट कप : बाल बाटिका फाईनलमा



बौनिया,कैलाली । मुडा बजारमा जारी पाचौं संस्करणको जेटि क्रीकेट कप २०७६ मा बाल बाटिका फाईनलमा प्रबेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा गुरुकुल लम्किलाई ५ बिकेटले पराजित गर्दै बाल बाटिका फाईनल पुग्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको गुरुकुल लम्किले निर्धारित २० ओभर खेल्दै ९ बिकेटको क्षतिमा ८७ रन बनाउन सफल भएक थियो । गुरुकुल लम्किलाई सस्तैमा रोक्ने क्रममा बाल बाटिकाका लाल बहादुर बि क ले ४ ओभरमा १५ रन खर्चिदै ३ बिकेट लिन सफल भएका थिए भने बसन्त ठाकुरले ४ ओभरमा १६ रन खर्चिदै ३ बिकेट लिन सफल भएका थिए ।

८८ रनको जवाफी ब्याटिङमा आएको बाल बाटिका बिद्या मन्दिरले निर्धारित २० ओभर मध्य १२.३ ओभर खेल्दै ५ बिकेट गुमाउदै लक्ष्य भेटाउन सफल भएको हो । बाल बाटिकालाई जित दिलाउने क्रममा हेमन्त बुढाले २७ बलमा ४ छक्का र ३ चौकाको मद्धतमा नट आउट ४२ रनको योग्दान गरेका थिए । उनि म्यान अफ द म्याच बन्न सफल भए ।

यसै गरि प्रतियोगिताको अन्तिम क्वाटर फाईनल खेल भोली बिहान ११:३० बजे क्याम्बृज का बिरुद्ध कालिका माबी नौनिया बिच हुने प्रतियोगिताका सह संयोजक मनोज कुमार पन्तले जानकारि दिए । प्रथम हुने टिमले ७५ हजार नगद हात पार्दा द्दितिय हुनेले ३८ हजार हात पार्ने छ ।