जेटि क्रीकेट कप : आज तीन खेल सम्पन्न , आदर्श नमुना ,क्याम्ब्रीज र बालबाटिका बिजयी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

जेटि क्रीकेट कप : आज तीन खेल सम्पन्न , आदर्श नमुना ,क्याम्ब्रीज र बालबाटिका बिजयी



कैलाली । जिल्लाको बर्दगोरियामा जारी पाँचौ जेटि कप क्रीकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा आदर्श नमुना बिजयी भएको छ । आदर्श नमुमा लम्किले सर्बोदयलाई ४ रनले पराजित गर्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको आदर्श नमुना लम्किले निर्धारित १५ ओभर मध्य १३.३ ओभर खेल्दै अल आउट हुदै ५५ रन मात्र बनाउन सकेको थियो । नमुनालाई सस्तैमा रोक्ने क्रममा टेकेन्द्र खनाल र इस्वर जैशिले समान ३/३ बिकेट लिन सफल भएका थिए । नमुनाका लागी प्रकाश धमालाले १७ रनको नट आउट पारी खेलेका थिए ।

५६ रनको सामान्य रनको लक्ष्य लिएर मैदान गएको सर्बोदय मा बि गप्का निर्धारित १५ ओभर खेल्दै ९ बिकेटको क्ष्यतिमा ५१ रन मात्र बनाउन सक्यो र ४ रनले हार ब्यहोर्न बाध्य भएको हो । सर्बोदयलाई ५१ रनमा रोक्ने क्रममा हिक्मत बिस्टले ३ बिकेट लिन सफल भएका थिए । उनि म्यान अफ द म्याच बन्न सफल भए ।

यसै गरि आज बिहान भएको दोस्रो खेलमा आर एम ई टिकापुर लाई १८ रनले पराजित गर्दै क्याम्ब्रीज बलिया बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको क्यामबृज बलियाले निर्धारित १५ ओभर खेल्दै ९ बिकेट गुमाउदै ९४ रन बनाउन सफल भएको थियो । क्याम्बृजका लागी पारश ढकाल ले २० र गोपाल रानाले २४ रन बनाएका थिए । आर एम ई का कृष्ण शाहले ३ बिकेट लिन सफल भएका थिए ।

९५ रनको बिजयी लक्ष्य लिएर मैदान आएको आर एम ई टिकापुर १४.१ ओभर खेल्दै ७६ रनमा अल आउट हुन पुग्यो र १८ रनको हार ब्यहोर्न बाध्य भएको हो । क्याम्बृजलाई जित दिलाउने क्रममा हिक्मत बिष्ट र राजन धमलाले समान ३/३ बिकेट लिन सफल भएक थिए । हिक्मत बिष्ट म्यन अफ द म्याच बन्न सफल भए ।

यसै गरि आज दिउसो भएको अन्तिम खेलमा बाल बाटिका बिजयी भएको छ । टस जितेर ब्याटिङ गरेको बाल बाटिका बौनियाले निर्धारित १५ ओभरमा ७ बिकेट गुमाउदै १ सय ६९ रन बनाउन सफल भएको थियो । बाल बाटिकाका लागी धिरेन्द्र अधिकारिले २६ बलमा ४ छक्का र ७ चौकाको मद्धतमा ५७ र हेमन्त बुढाले २ छक्काको मद्धतमा २४ रन बनाएका थिए ।

१ सय ७० रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको ब्राईट फ्युचर लम्की निर्धारित १५ ओभर मध्य ११.२ ओभर खेल्दै ७१ रन मा अल आउट हुदै ९८ रनले हार ब्यहोर्न बाध्य भएको हो । ब्राईट फ्युचरलाइ सस्तैमा रोक्ने क्रममा ४ र मानब बिष्टले ३ बिकेट लिन सफल भएका थिए । आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएका बाल बाटिकाका धिरेन्द्र अधिकारी म्यान अफ द म्याच बन्न सफल भए ।

प्रतियोगिता अन्तर्गत सोमबार तिन खेल हुने भएका छन । जसमा बिहान ८ बजे गुरुकुलका विरुद्ध बसन्त मुरारी, बिहान ११ बजे गणेश बाबा का बिरुद्द कालिका र दिउसो २ बजे आयोजक जे टि का बिरुद्ध द शनराईज बिच खेल हुने सह संयोजक मनोज कुमार पन्त ले जानकारी दिए । मंसिर ७ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार र द्दितिय हुने टिम ले ३८ हजार पुरस्कार प्राप्त गर्ने छन् ।