जेटि क्रीकेट कप : उज्यालो, आर एम ई र कालिका विजयी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

जेटि क्रीकेट कप : उज्यालो, आर एम ई र कालिका विजयी



बौनिया,कैलाली । मुडा बजारको खेल मैदानमा जारी पाँचौ जेटि कप क्रीकेट प्रतियोगिता अन्तरगत आज भएको खेलमा उज्यालो लम्की,आर एम ई टिकापुर र कालिका नौनिया विजयी भएका छन् । आज बिहान भएको खेलमा ब्राईट फ्युचरले टस जितेर पहिले ब्याटिङ गर्दै ७.५ ओभर खेल्दै अल आउट भइ ३८ रन मात्र बनाउन सफल भएको थियो । ब्राईट फ्युचरलाई सस्तैमा रोक्ने क्रममा उज्यालोका किरण बोगटिले ४ तथा सुरेश सुनारले ३ बिकेट हात पारेका थिए ।

३९ रनको सामन्य लक्ष्य लिएर मैदान गएको उज्यालो लम्किले ७.१ ओभर खेल्दै १ बिकेट गुमाउँदै लक्ष्य भेटाउन सफल भएको हो । उज्यालोका सुरेश सुनार म्यान अफ द म्याच बन्न सफल भए ।

यसै गरि आज बिहान ११ बजे भएको दोस्रो खेलमा आर एम ई टिकापुर ११६ रनले बिजयी भएको छ । टस जितेर ब्याटिङ गरेको आर एम ई टिकापुरले निर्धारित १५ ओभर मध्य १४.१ ओभर खेल्दै सबै बिकेट गुमाउदै १६२ रन बनाउन सफल भएको हो । १६३ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको आदर्श सामुदायिक बौनिया निर्धारित १५ ओभर मध्य १२.१ ओभर खेल्दै सबै बिकेट गुमाउदै ४५ रन बनाउन सफल भएको थियो । आर एम ई का किशोर ठकुरी म्यान अफ द म्याच बन्न सफल भए ।

यसै गरि आज भएको अन्तिम खेलमा कालिका मा बि बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कालिकाले निर्धारित १५ ओभर मध्य १०.५ ओभर खेल्दै अल आउट हुदै ६८ रन बनाउन सफल भएको थियो ।

कालिकालाई सस्तैमा रोक्ने क्रममा बिबेक बोहराले ४ तथा डम्बर देउबाले ३ बिकेट लिन सफल भएका थिए । ६९ रनको लक्ष्य लिएर मैदान आएको नोबेल मा बि बौनिया निर्धारित १२.३ ओभर खेल्दै अल आउट हुदै ५१ रन मात्र बनाउन सक्यो र १७ रनको हार ब्यहोर्न बाध्य भएको हो । नोबेललाई सस्तैमा रोक्ने क्रममा कालिकाका चक्र शाहि र दिपक साउदले समान ३/३ बिकेट लिन सफल भएका थिए । कालिकाका चक्र शाही म्यान अफ द म्याच बन्न सफल भए ।

प्रतियोगिता अन्तरगत बिहीबार बिहान ८ बजे बाल बाटिकाका बिरुद्ध उज्यालो ,बिहान ११ बजे नाता का बिरुद्ध नमुना र अन्तिम खेल पायनियर्स का विरुद्ध गणेश बाबा प्रतिस्पर्धा गर्ने खेल संयोजक एकेन्द्र मल्लले जानकारी दिए।