जेटि क्रीकेट कप : बसन्त मुरारी,युनाईटेड र कालिका विजयी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जेटि क्रीकेट कप : बसन्त मुरारी,युनाईटेड र कालिका विजयी



बौनिया ,कैैैलाली। मुडा बजारको खेल मैदान मा जारी पाचौं जेटि कपको सातौं दिन भएका खेलमा बसन्त मुरारी,युनाइटेड र कालिका बिजयी भएका छन् ।

टस जितेत पहिले ब्याटिङ गरेको माईकी मिडियम स्कुलले निर्धारित १५ ओभर खेल्दै ८ बिकेट गुमाउदै ११४ रन बनाउन स्फल भएको थियो । माईकी स्कुलका लगि शुभाश बि क ले ३२ बलमा ८ चौका र १ छक्का को मद्धतमा नट आउट रहदै ५३ रनको योगदान गरेका थिए । ११५ रनको बिजयी लक्ष्य लिएर मैदान आएको बसन्त मुरारी मा बि निर्धारित १५ ओभर मध्य १२.१ ओभर खेल्दै ६ बिकेटको क्ष्यतिमा लक्ष्य पुरा गर्न सफल भएको हो । बसन्त मुरारिलाई जित दिलाउने क्रममा कप्तान गोबिन्द बिक ले ३७ बलमा ९ चौका र १ छक्काको मद्धत मा नट आउट ६० को योगदान गरेका थिए । उनि म्यान अफ द म्यच बन्न सफल भए ।

सातौ दिनको दोस्रो खेलमा युनाईटेड टिकापुर बिजयी भएको छ । दिउसो ११ बजे भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ब्राईट फ्युचरले निर्धारित १५ ओभर मध्य ११ ओभर खेल्दै ६६ रनमा अल आउट हुन पुगेको थियो । ब्राईट फ्युचरका लागी पारस बिक ले ३१ रनको योगदान बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन । ब्राईट फ्युचरलाई सस्तैमा रोक्ने क्रममा युनाईटेडका सुजल गिरिले ३ ओभरमा ७ रन खर्चिदै ५ बिकेट लिन सफल भएका थिए । ६७ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको युनाईटेड टिकापुरले ११ ओभर खेल्दै ७ बिकेट गुमाउदै ३ बिकेटको जित दर्ता गर्न सफल भएको थियो । ५ बिकेट लिएका युनाइटेडका सुजल गिरि म्यान अफ द म्याच बन्न सफल भएका थिए ।

यसै गरि आज भएको अन्तिम खेलमा कालिका बिजयी भएको छ । कालिकाले टस जितेर ब्याटिङ गर्दै निर्धारित १५ ओभर खेल्दै ९ बिकेट गुमाउदै ७२ रन बनाउन सफल भएको थियो । ७३ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको पायनियर्स लम्की १५ ओभर खेल्दै ९ बिकेट गुमाउदै ५९ रन बनाउन सफल भयो र १३ रनले हार ब्यहोर्न बाध्य भएको हो । जित हात पार्दै कालिका क्वाटर फाईनल पुग्न सफल भएक छ । कालिका भजन बोहराले ३ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ३ बिकेट लिन सफल भएको थिए । उनि म्यान अफ द म्याच बन्न सफल भए ।

यस्तै गरि प्रतियोगिता अन्तर्गत शुक्रबार आठौं दिन द शनराईजका बिरुद्ध श्यम्भुनाथ लम्की,बिहान ११ बजे सर्बोदयका विरुद्ध नाता र दिउसो २ बजे क्याम्बृजका विरुद्ध आदर्श सामुदायिकका बिच खेल हुने प्रतियोगिताका स्कोरर भरत जोशिले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार पाउदा द्दितिय हुने टिमले ३८ हजार हात पार्ने निर्देशक जिबन सुनारले जानकारी दिए ।