पाचौं जेटि क्रीकेट कप शुरु , उद्घाटन खेलमा आयोजक विजयी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पाचौं जेटि क्रीकेट कप शुरु , उद्घाटन खेलमा आयोजक विजयी



बौनिया ,कैलाली ।
बर्दगोरिया गाउपालिका -४ मुडा बजारको खेल मैदानमा पाचौं जेटि क्रीकेट कप २०७६ सुरु भएको छ । “क्रीकेट विकासमा जे टि को योगदान ,खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने नाराका साथ जगत तारा इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा शुक्रबारबाट प्रतियोगिता शुरु भएको हो ।

पाचौं जेटि क्रीकेट कप प्रतियोगिताका खेल संयोजक तथा विद्यालयका संस्थापक एकेन्द्र मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम डगौरा थारु रहेका थिए भने बिशिस्ट अतिथिमा सुदुर पस्चिम क्रीकेट एकेडेमीका संयोजक शुभाष शाही रहेका थिए।

प्रमुख अतिथिको आसनबाट बोल्दै गाउपालिका अध्यक्ष थारुले खेलकुदले बर्दगोरियालाई चिनाउन सहयोग गरेको बताए । क्रीकेटले खेलाडी उत्पादन गर्न सहयोग गरेको बताउदै अध्यक्ष थारूले मैदानमा ठुलो सपना लिएर अनुशासित भएर खेल खेल्न खेलाडीहरुलाइ आग्रह समेत गरे ।

यसै गरि बिशिस्ट अतिथिको आसनबाट बोल्दै शुभास शाहिले शुदुर पस्चिममा क्रीकेटको सफलता हुनुमा जेटि क्रीकेटको पनि महत्त्व रहेको बताए । शाहिले यस प्रतियोगिता बाट उत्कृष्ट खेलाडीलाई आफ्नो क्याम्पस र क्रीकेट एकाडेमिमा नि:शुल्क प्रशिक्षण गराउने बताए ।

मंसिर ७ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार सहित ट्रफि प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ३८ हजार सहित ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगितामा २० बिधालयको सहभागिता रहेको छ ।

आयोजकको विजयी सुरुवात

पाचौं जे टि क्रीकेट कपको उद्घाटन खेलमा आयोजक जगत तारा इङ्लिस बोर्डिङ स्कुलले बिजयी सुरुवात गरेको छ ।

स्वयम्भूनाथ लम्किलाई ३४ रनले पराजित गर्दै आयोजक बिजयी भएको हो । आज दिउसो मुडा बजारको खेल मैदानमा भएको टसमा जगत ताराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेर आयोजकले निर्धारित २० ओभर मध्य १६ ओभर खेल्दै अल आउट हुदै १ सय ५३ रन बनाउन सफल भएको थियो ।

जगत ताराका लागी शुभम बम ३४ रन र शुभास शाहिले २३ रन बनाएका थिए । स्वय्म्भुअनाथका लागी मनिन्द्र शर्माले ३ बिकेट लिन सफल भएका थिए । १५४ रनको लक्ष्य लिएर मैदान आएको स्वयम्भूनाथ लम्की निर्धारित २० ओभर मध्य १९.२ ओभर खेल्दै ११९ रनमा अल आउट हुदै ३४ रनले हार ब्यहोर्न बाध्य भएको हो ।

स्वयम्भूनाथ लम्किलाई रोक्ने क्रममा रोशन साउदले ३ तथा शुभास शाहिले २ बिकेट लिएका थिए । जगत ताराका शुभास शाही म्यान अफ द म्याच बन्न सफल भए ।

प्रतियोगितामा शनिबारको पहिलो खेल बिहान ८ बजे पायनियर्स लम्की का बिरुद्ध नोबेल मा बि बौनिया, दोस्रो खेल बिहान ११ बजे युनाईटेड टिकापुर बिरुद्ध उज्यालो लम्की र शनिबारकै अन्तिम खेल गुरुकुलका विरुद्ध माईकी बौनिया बिच हुने प्रतियोगिताका संयोजक एकेन्द्र मल्लले जानकारी दिए ।