जेटि क्रीकेट कप : उज्यालो,नाता र गणेश बाबा विजयी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जेटि क्रीकेट कप : उज्यालो,नाता र गणेश बाबा विजयी



बौनिया ,कैलाली । कैलालीको मुडा बजारको खेल मैदानमा जारी पाचौं जेटि क्रीकेट कप को छैटौं दिनका तिन खेलमा आज उज्यालो लम्की,नाता लम्की र बिजयी भएका छन । आज बिहान ८ बजे भएको पहिलो खेलमा उज्यालो लम्किले बाल बाटिका बौनियालाई ६ बिकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बाल बाटिकाले निर्धारित १५ ओभर खेल्दै ९ बिकेटको क्ष्यतिमा ८९ रन बनाउन सफल भएको थियो । ९० रनको बिजयी लक्ष्य लिएर मैदान गएको उज्यालो लम्किले निर्धारित १५ ओभर मध्य १२.४ ओभर खेल्दै ४ बिकेट गुमाउदै ६ बिकेटले जित दर्ता गर्न सफल भएको हो । यो जित संगै उज्यालो आफ्नो समुहका सम्पुर्ण खेल जित्दै क्वाटर फाईनल पुग्ने दोस्रो बिधालय भएको छ । उज्यालोका लागी किरण बोगटिले २४ तथा सुरेश सुनारले २३ रन बनाएका थिए । उज्यालोका सुरेश सुनार म्यान अफ द म्याच बन्न सफल भए ।

यसै गरि आजको दोस्रो खेलमा नाता एकाडमी लम्की बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नमुना लम्किले निर्धारित १५ ओभर मध्य ११.५ओभर खेल्दै अल आउट हुदै ४४ रन बनाउन सफल भएको थियो । नमुनालाई सस्तैमा रोक्ने क्रममा निशान्त तिमिल्सिनाले ४ र नबिन कार्किले ३ बिकेट लिएका थिए । ४५ रनको बिजयी लक्ष्य लिएर मैदान आएको नाताले ८.४ ओभर खेल्दै ४ बिकेट गुमाउदै ६ बिकेटले जित हात पार्न सफल भएको हो । ह्याटि्रक सहित ४ बिकेट लिएका नाता एकाडमी का निशान्त तिमिल्सिना म्यान अफ द म्यच बन्न सफल भए ।

यसै गरि आजको अन्तिम खेलमा गणेश बाबा टिकापुरले पायनियर्स लम्किलाई ४६ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको गणेश बाबाले निर्धारित १५ ओभर खेल्दै ८ बिकेट गुमाउदै ९४ रन बनाउन सफल भएको थियो । गणेश बाबाका लागी शुभाश रावलले २८ र बिशाल पुन मगरले २० रनको योगदान गरेका थिय । ९५ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा अएको पायनियर्स लम्की ११.१ ओभर खेल्दै ४८ रनमा अल आउट हुदै ४६ रनको हार ब्यहोर्न बाध्य भएको हो । पायनियर्स लम्किलाई सस्तैम रोक्ने क्रममा बिशाल पुन ले २ तथा राजेन्द्र खनालले ३ बिकेट लिन सफल भएका थिए । गणेश बाबा का बिशाल पुन मगर म्यान अफ द म्याच बन्न सफल भएको थियो ।

प्रतियोगितामा बिहीबार बिहान ८ बजे माईकी बौनियाका बिरुद्ध बसन्त मुरारी,बिहान ११ बजे युनाईटेड टिकापुरका बिरुद्ध ब्राईट फ्युचर लम्कि र अन्तिम खेल पायनियर्श लम्की का बिरुद्ध कालिका बिच खेल हुने पाचौं जेटि कपका निर्देशक जिबन सुनारले जानकरी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद ७८ हजार हात पार्ने छ भने द्दितिय हुनेले ३८ हजार हात पार्ने छ ।