प्रचण्डका प्रेस सल्लाहाकार बने प्रेस सेन्टरको अध्यक्ष - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

प्रचण्डका प्रेस सल्लाहाकार बने प्रेस सेन्टरको अध्यक्ष



काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत रुपमा चयन भएका छन् ।

हिजोदेखि चितवनमा शुरु भएको सेन्टरको चौथो महाधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । माओवादी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहाकार रहेका उनी प्रेस सेन्टरको निर्वतमान महासचिव पनि हुन् ।

त्यस्तै महाधिवेशनको बन्दसत्रबाट १ सय ८४ केन्द्रीय सदस्यको नाम समेत घोषणा भएको छ। प्रेस सेन्टरको केन्द्रीय समिति १ सय ९९ जनाको हुने छ। बाँकी केन्द्रीय सदस्य मनोनय गरिनेछ ।

अध्यक्ष बाहेक अन्य पदाधिकारीमा दावेदार धेरै छन् । अरु पदाधिकारी पनि छलफलमै टुंग्याउने गरि छलफल चलिरहेको प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष वीरेन्द्र ओलीले जानकारी दिए ।

प्रेस सेन्टरको यो महाधिवेशनबाट पहिलो पुस्ताका संस्थापक नेताहरु महेश्वर दाहाल, ओम शर्मा, गोविन्द आचार्य, खिलवहादुर भण्डारी, संगीता खड्का, बलराम थापा लगायत विदा भएका छन् ।

नेतृत्वमा भने युवा दाबेदार थपिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि लक्ष्मी पुन, ओपेन्द्र शर्मा र शन्तोष पौडेल लगायतको दावी छ ।

महासचिवमा मोनज घर्तीमगर, त्रिभुवन पौडेल, ध्रुव बुढाथोकी, दयानिधी भट्ट, बबिन शर्मा र रामकृष्ण अधिकारीले पनि दावी गरेका छन् ।