अभिनेत्री जूही चावलाको यस्तो बयान ,जसले चर्चाको शिखर छोयो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अभिनेत्री जूही चावलाको यस्तो बयान ,जसले चर्चाको शिखर छोयो



एजेन्सी । बलिउड अभिनेत्री जूही चावला आफ्नो एक बयानका कारण चर्चामा छिन् । जूही चावलालाई लाग्छ कि उनका छोरा अर्जुन कलाकार बन्नसक्नेछ, किनभने उनले अरुको राम्रो नक्कल गर्न आउँछ । यति मात्रै होइन अरुलाई हसाउनमा माहिर पनि छन् ।

अभिनेत्री जूहीको छोरा अर्जुन लण्डनको एक बोर्डिङ स्कुलमा अध्ययनरत छन् । जूही भने केही समय मुम्बई र कोलकात्तामा बसेर लण्डन फर्कनेछिन् । उनले सोसल मिडियामा आफ्नो छोराको रुचिको बारेमा पनि लेखेकी छिन् ।

जूहीले लेखेकी छन्, ‘मेरो सानो बाँदर अर्जुन हामीलाई सीधै भनिदिन्छन्– मामु यो विषयमा अहिलेनै नसोच्नुस् । पछि के गर्छु थाहा छैन । अर्जुन निकै मिजाज छन् र अरुको नक्कल गर्न र हसाउँन निकै माहिर छन् । मलाई कहिले काँही लाग्छ कि उनको भाग्य अभिनयमै छ ।’

उनले थपिन्, ‘र यो जाह्नवी चाँही निकै पढन्ते छिन् । उनलाई गिफ्ट के चाहियो भन्दा– किताब भन्छन् । उनी एक कुशल लेखिका बन्न चाहन्छिन् ।’

वर्क फ्रन्टको कुरा गर्नुपर्दा अभिनेत्री जूही चावला अन्तिम पटक फिल्म ‘एक लड्कीको देखा तो ऐसा लगा’मा देखिएकी थिइन् । यो फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकेको थिएन । यो फिल्ममा सोनम कपूर, राजकुमार राव र अनिल कपूर मुख्य भूमिकामा थिए ।