जंगली जनावर नियन्त्रणका लागी विद्युतीय तारबारको माग - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

जंगली जनावर नियन्त्रणका लागी विद्युतीय तारबारको माग



कैलाली – भरतीय दुधवा राट्रिय निकुञ्जसंग जोडिएको पुनर्वास नगरपालिकाका केहि भु–भागमा जंगली जनावार नियन्त्रण लागी विद्युतीय तारवार गरीएको छ। यसवर्ष विद्युतीय तारवार लगाएको क्षेत्रमा हाती प्रवेश गरेको थिएन । तारवार नभएको क्षेत्रमा भने हात्तीले पटकपटक दुःख दिएको गुनासोहरु आएका थिए ।

स्थानीयको गुनासो संगै दुधवा राट्रिय निकुञ्ज वन्यजन्तु प्रभावित खाद्य अधिकार समुहले नगरपालीकामा छलफल समेत चलाएको थियो। वन्यजन्तुका कारण कृषकहरुले भोग्नु परेको समस्याका वारेमा समाचार प्रकासन÷प्रशारण पछी पुनर्वास नगरपालीकाको ध्यानाकर्षण समेत भएको छ।

डोकेबजार देखी बिचफाटा सम्मको क्षेत्रमा जंगली जनावरका कारण हुने नोक्सानी नियन्त्रण गर्न विद्युतीय तारबार लगाउन माग गर्दै पुनर्वासका जनप्रतिनिहरु प्रदेस राजधानी पुगेका छन। उनिहरुले प्रदेसको उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालय, भुमीब्यवस्था तथा कृषी मन्त्रालय र आन्तरीक मामीला तथा कानुन मन्त्रालयमा ज्ञापनपत्र समेत वुझाएका छन।

पुनर्वासवाट आएको टोलीमा नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ, पुनर्वास नगरपालिका नगर प्रमुख जीवन राज थापा रहेका थिए । त्यस्तै स्थानीय खाद्य अधिकार संजालका अध्यक्ष कञ्चन गिरी स्थानीय खाद्य प्रबद्र्धक श्याम परियार, दुधवा राट्रिय निकुञ्ज वन्यजन्तु प्रभावित खाद्य अधिकार समुहका अध्यक्ष केशव तिमिल्सेना लगायत स्थानीय खाद्य अधिकार समुहका सल्लाहाकार कुवेर नाथ, फियान नेपालका कानुनी तथा क्षमता विकास अधिकृत मुकुन्द रानाको उपस्थिती रहेको थियो।

स्थानीय सरोकारवालाहरुको डेलिगेशन टोलिले विद्युतीय फेन्सी तारबार गर्न आवश्यक रकम व्यवस्थापनका लागी माग गरेको पुनर्वास नगरपालीकाका मेयर जीवन राज थापाले वताए।

ज्ञापन पत्र वुझ्दै प्रदेसको कृषी मन्त्रि विनिता चौधरीले अहिलेको समयमा सम्भवत काम सुरुवात गर्ने र आगामी वर्ष देखी निरन्तर रुपमा वजेट विनियोजन गरेर समस्या सम्वोधनका लागी पहल गर्ने वताइन। त्यस्तै वनमन्त्रि माया भट्टले तारवारका लागी चालु आर्थीक वर्षमा १० लाख रुपैया विनियोजन गरीएको वताइन। उनले आवश्यक थप रकमका लागी सम्वन्धित क्षेत्रका जनप्रतिनिधिहरु संग छलफल गरी अगाडी वढ्ने वताइन। प्रदेसका कानुन मन्त्रि प्रकास शाहले गत वर्ष नै सो क्षेत्रको अवलोकन गरेको वताउदै आफु समस्या बारे जानकार रहेको र छिट्टै मन्त्रिपरिषदमा सो विषयमाथी छलफल गर्ने वताए।