जुनीयर स्कुल प्रिन्सेजको उपाधी सदावी र स्नेहालाई - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

जुनीयर स्कुल प्रिन्सेजको उपाधी सदावी र स्नेहालाई



 बैसाख, १५ काठमाडौं ।

 

‘छैटौं अक्षरा जुनीयर स्कुल प्रिन्सेज–२०१७’ अन्तर्गत जुनियर तर्फको उपाधि सदावी महतले जितेकी छिन् भने फस्ट रनरअप साइरा सुवाँगिनी बजगाई, सेकेन्डरनर अप अर्पना नेपाल छन् । बिजेताहरुले उपाधिसँगै अक्षरा स्कुलमा अध्ययन गर्न सक्लरसिप, मोवाईल साईकल जस्ता विभिन्न उपहार पाएका छन् ।

यस्तै थर्ड देखि टेन्थ रनरअपसम्म क्रमश : निशी महत, पल्पसा दवाडी, सम्मानी घिमिरे चयन प्रिजातिमा इली महर्जन, सेलेन मोक्तान, युमिन आलेमगर, रचैता थपलिया र ओजस्वी श्रेष्ठ घोषित भएका छन् । सिजन मिडियाद्धारा आयोजित जुनीयर स्कुल प्रिन्सेज २०१७मा जुनियरतर्फ ७० जना बीच प्रतिस्पर्धा भएको थियो ।

‘छैटौं अक्षरा जुनीयर स्कुल प्रिन्सेज–२०१७’ अन्तर्गत सिनियर तर्फको उपाधि आफ्ना ६५ प्रतिस्पर्धीलाई पछि पार्दै स्नेहा थापामगरले जितेकी छिन् । सिनियर तर्फ फस्ट रनरअपको उपाधि इशा पौडेलले र सेकेन्ड रनरअपको उपाधि गिना बस्नेतले जिते । उपाधि अन्तर्गत क्राउनसँगै बिजेताले साईकल, मेवाईल र अक्षरा स्कुलमा अध्ययनका लागि पूर्ण छात्राबृत्ति पाएका छन् ।

सिनियर तर्फ थर्ड देखि टेन्थ रनरअपसम्मको उपाधि क्रम सिवा धिताल, युनिशा मैनाली, आमिन खनाल, प्रितिस्ना रेग्मी, कसिस खड्का, सुब्रिना मैनाली, स्मृतिरानी न्यौपाने र एन्जिला तामाङले हाँसिल गरे ।

वार्षिक परीक्षा दिएर बसेका बालिकाहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि ६ वर्षदेखि यो प्रतियोगिता गरिँदै आएको आयोजक सँस्था सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

काठमाडौंको नाचघरमा १२ र १३ गते गरेर छट्टाछुट्टै आयोजना गरिएको जुनियर र सिनियर स्कुल प्रिन्सेजको निर्णायकमा लायन्स सन्दिप पराजुली, मोडल बिपना थापा, सहप्रध्यापक डा. स्वागत श्रेष्ठ, मिस टिन कलेज २०१५ बिजेता आशियाना अधिकारी, व्यबसायी अन्डिउ पौडेल र कमला बस्नेत थिए ।