'जुराइ देउन ब्युटी' बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘जुराइ देउन ब्युटी’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)



कैलाली । नव गायक रवीन्द्र ठकुरी र नव गायिका रिता थामीको “जुराइ देउन ब्युटी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नव गायक रवीन्द्र ठकुरीको शब्दमा सजिएको गितको म्युजिक भिडियो मंगलबार र्‍यापर राजा बोलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

नव गायक ठकुरी तथा मनोज थापाको संगित रहेको उक्त गितमा यम थापा मगरले एरेन्ज भरेका हुन् भने पुष्प शाहले र्‍याप गरेका छन् ।

निर्देशक दिपक भण्डारीद्बारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोमा विकास बिष्ट , अन्जना बिक र विवश ठगुन्नाको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोको छायांकन सुशील डाङ्गीले गरेका हुन भने सम्पादन रोहित मल्ल ठकुरीले गरेका छन् ।

भिडियो हेर्नुहोस :