मुख्यमन्त्री र मन्त्रीहरूको राजिनामा माग्दै जुत्ता प्रहार - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मुख्यमन्त्री र मन्त्रीहरूको राजिनामा माग्दै जुत्ता प्रहार



जनकपुर- जनकपुरमा मुख्यमन्त्री सहित आधा दर्जन मन्त्रीकाे तस्वीरमा जुत्ता हानेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जानेको छ ।

जनकपुरको जिरो माईलमा उपभाेक्ता समितिले पाउनुपर्ने रकम भुक्तानी नगरेकाे भन्दै उनीहरूले ढुङ्गा हानेका थिए ।

प्रदेश- २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय र समाजिक विकास मन्त्री नवलकिशोर साहले आ–आफ्ना मातहतका मन्त्रालयले उपभोक्ता समितिमार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शनसहित उनीहरूकाे राजीनामा माग गरेकाे छ ।

प्रदर्शनकारीहरूले प्रदेश- २ का मुख्यमन्त्रीसहित माथि उल्लिखित मन्त्रीहरूकाे तस्वीरमा जुत्ता प्रहार गरेर सांकेतिक विराेध जनाइरहँदा प्रहरीले हस्तक्षेप गरेकाे हाे । प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साहलाई तत्कालै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा लगेकाे छ ।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण गरिएका ८४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । प्रदेश सरकारले बक्याौता रकम भुक्तानी नगरेको भन्दै केही दिन देखि निरन्तररुपमा उपभोक्ता समितिहरु आन्दोलनमा उत्रेका छन् ।