नेकपा एसका प्रकाश ज्वाला १६ हजार अन्तरले विजयी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेकपा एसका प्रकाश ज्वाला १६ हजार अन्तरले विजयी



सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला विजयी भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका ज्वालाले ३५ हजार सात सय मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

ज्वालाले १५ हजार नौ सय ११ मतान्तरमा विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार सात सय ८९ मत प्राप्त गरेको थियो ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार राजेन्द्रवीर रायले तेस्रो १३ हजार २९ मत प्राप्त गरेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक लाख ५७ हजार सात सय एक मतदाता सङ्ख्या भएकामा ८४ हजार ८८ मत खसेको थियो ।