कविता : मान्छे हु म ! « Himal Post | Online News Revolution
Logo

कविता : मान्छे हु म !



-हरि थापा

जीवनको लामो यात्रा गरेको मान्छे हु म
श्रीप एउटा सुकेको ज्यान, खुट्टामा चप्पल,
हेर्दै लुरे, हावाले उडाउने, फु गर्दा ढल्ने
टीठ लाग्दो झ्याउरे अनुहार
तर साहस लिएर हिडेको मान्छे हु म।।

विना फिल्टर,विना फ्रिज
कलधारा,ढुङ्गेधारा, मुहानको
चिसो पानी पिएर हिडेको मान्छे हु म
सुन्दा धेरैलाई अचम्म लाग्दो हो
कठिन यात्रामा पनि हाँस्दै जिएर हिडेको मान्छे हु म ।।

सपनाको गह्रो भारी बोक्दै, दु:ख सुख भोग्दै
श्रमको सम्मान गर्दै, पसिना पोख्दै
सुनोैलो भविष्यको,नयाँ संसार कल्पिदै
पटक पटक लच्छारिदै,पच्छारिदै,
हाँस्दै, रुदै,कराउदै मुस्किले जीवन धानेको मान्छे हु म।।

उखरमाउलो गर्मी हुँदा,मोैसमले साथ नदिदा,
जाडोले कठ्याङग्रिदा,मुसलधारे वर्षा हुँदा
अोत लाग्ने छहारी नहुदा,
एकनासको पानीमा,रुझ्दै रुझ्दै लुथ्रुक्क भिज्दै
निरन्तर यात्रा गरिरहदा,
थाकेर सल्याकसुलुक हुँदा
आराम गर्ने चोैतारी पनि भेट्न नसक्दा ,
कतै बास पाइन्छ कि भनी सोध्न खोज्दा,
को मान्छे हो यो वेला न कुवेला बास,
यहाँ बास छैन भनी अपमान गरेपछि,
बास खोज्दै हिडेको मान्छे हु म।।

उकाली अोराली धाउदा,
मुख,घाटी,पेट,सुकेर सिठ्ठा हुँदा
अाँत जलेर खरानी भईसक्दा पनि
प्यास मेट्न नपाएको मान्छे हु म
सगरमाथाको देश भएर के भयो ,
जलश्रोतको देश भएर के भयो
प्रशस्त जडिबुडी उत्खनन् हुन सक्ने
सम्भावना नै सम्भावना भएर के गर्ने
यथार्थ तितो छ,
ज्वरो आउँदा,टाउको दुख्दा, पखला लाग्दा,
जिवनजल र सिटामोल नपाउँने देशको मान्छे हु म।।

जब म देख्थे, अनि अन्दाज गर्थे
मान्छे कति सुखी छन्,अनि म कति दुखी छु
तर म भन्दा कयोैँ गुना दुखी मान्छे भेटे
आखिर दुखी के को लागि,
बिहान बेलुका छाक टार्न,
प्रशस्त धनसम्पती जोडन्
सुखसयलको जीवन जिउन के को लागी?
अहिले आफैलाई लाग्न थाल्यो
यो त बाच्ने,सास टिकाउने बाहना मात्र रहेछ
बाहनै बाहनामा जीवन विताउने
समस्याको चाङमा टाउको अड्याउने
एकोहोरो सोचि रहने अदभुत चिज
मै मात्र रहेछु क्यारे,
मेरो भ्रम पनि बल्ल मथ्थर भयो
गफै गफको तालमा,चल्ने देशको मान्छे हु म।।

मेरो माग के हो?म आफै चकितमा छु ।
अनि यो सारा सपना के को लागि ।
सपना त केवल शत्रु हसाउने
जलन बनाउने एउटा अदृष्य चिज रहेछ
जसलाई सखाप पार्न शत्रु मित्रुहरु,
अगिपछि कति लागिपरेका छन्
के को लागि यतिविघ्न गरिराछन्
उत्तर को पर्खाईमा म मात्र छैन।
के पाउदै छन्,साच्चिकै यो स्वार्थ भन्ने
शब्दको अन्त्य गर्ने हो भने,
एकै पटक समस्याको
आधा चाङ् घट्ने रहेछ
तर हरदम यो शब्द ,
कहिल्यै नहट्ने लिसो रहेछ…
यही लिसो पटक पटक,
कुर्सीमा टासिरहन्छ,चरम लापरवाही हुन्छ
त्यही देशको मान्छे हु म।।

आँसुको भेल बगाउदै,
मरुभुमिलाई समुन्द्र बनाउनेहरु
कमी छैनन् यहाँ,तर बालुवामा खन्याएको
पानीको के अर्थ रहन्छ र!
पानीहोस वा सुनको जल
बालुवाको काम मात्र तरल सोस्ने हो
कति गरोै गुनासो त्यो पनि आफै सँग
आफ्नो गुनासो ले आफै वाक्क भए….
फेरि गुनासो के को लागि,
यो सब बेकार हुन,
हिजो पनि रित्तो ,आज पनि रित्तो ,
मन बुझाउदै ठुस्स पर्दै बस्ने देशको मान्छे हु म।।

यदि यो गुनासो लाई सुन्दिने मान्छे भए
आजको भोलि समस्याका चाङहरु हट्ने थिए
तर यहाँ कसैले कसैलाई सुन्दैनन्
आफैलाई पनि सुन्न छाडिसके
यहाँ गुनासो को पोकाहरु खल्ति भरि छन्
लोै न त पोखु भन्यो पोख्ने ठाउँ छैन
त्यसैले अब यो काम बन्द गरे,
मोैन भए,के फरक परेको छ र!
हात्त भरि ल्याएर रित्तो ,फर्केको हो र!
सँगै यात्रा गर्ने कोही रोडपति,
कोेही करोडपति बस्ने देशको मान्छे हु म।।