काबुल बम आक्रमणमा घाईते भएका ५ नेपाली मध्य ४ जनाको अवस्था सामान्य - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

काबुल बम आक्रमणमा घाईते भएका ५ नेपाली मध्य ४ जनाको अवस्था सामान्य



काठमाडौं, १८ जेठ 

अफगानिस्तानको राजधानी काबुलमा बुधबार भएको आक्रमणमा परि घाईते भएका ५ नेपाली मध्य ४ जनाको अवस्था सामान्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले उपचाररत नेपालीका बारेमा इस्लामावादमा रहेको नेपाली दूतावास मार्फत लिएको जानकारी अनुसार घाइते चारैजना सामान्य उपचारपछि फर्किएका छन् भने एक जनाको उपचार भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार सामान्य घाइते भएका पाँचैजनालाई परिवारसँग सम्पर्क गराइसकिएको छ ।

आकर्षक तलबका कारण जोखिम धेरै भएको अफगानस्तानमा नेपालीहरु कामका लागि जाने गरेका छन् ।न्ेपाल सरकारले उक्त आक्रमणको निन्दा गर्दै अफगान सरकार र त्यहाँका जनतामा हार्दिक सहानुभूति एवम् समवेदना व्यक्त गनर्’का साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।