जबराविरुद्ध कड्किए शम्भु थापा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जबराविरुद्ध कड्किए शम्भु थापा



काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् ।

नेपाल बार एशोसिएसन सल्लाहकार समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश जबराले गरेका कामहरु न्यायसम्मत् नभएको र पदमा बसिरहे न्याय सम्पादन अझ क्षत्विक्षत् हुने भन्दै तुरुन्त राजिनामा दिनुपर्ने बताए ।

कानून व्यवसायीहरु एक मतले प्रधानन्यायाधीश जबराको राजिनामाको पक्षमा रहेको पनि उनले उल्लेख गरे ।

जबरा प्रधानन्यायाधीश रहुञ्जेल कानून व्यवसायीहरुले बहस नगर्ने भन्दै उनका कारण अदालत र न्यायप्रशासन नचलेमा त्यसको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्ने बताए ।

अधिवक्ता टिकाराम भट्टराइले बारको सल्लाहकार समितिको बैठकमा बोल्ने ३७ जनामध्ये ३६ जनाले वर्तमान प्रधानन्यायाधीशले संवैधानिक दायित्व पुरा गर्न नसकेको र उनको कार्यकालमा न्यायिक विचलन आएको धारण राखेको जानकारी दिए ।

प्रधानन्यायाधीशले आफ्नै सहकर्मीहरुको समेत विश्वास जित्न नसकेको भन्दै भट्टराईले न्यायपालिकाको गरिमा र प्रतिष्ठा कायम गर्नका लागि प्रधानन्यायाधीसले राजिनामा दिनुपर्नेमा सबैको मत रहेको बताए ।

प्रधानन्यायाधीश जबराले अबिलम्ब राजीनामा नदिएमा देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी पनि अधिवक्ता भट्टराईले दिए ।