कफला सिस्टम खारेज पछि कतारमा रहेका नेपाली खुसि - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कफला सिस्टम खारेज पछि कतारमा रहेका नेपाली खुसि



– राजेश पाठक

दाङ घर भई कतारमा बिगत १० बर्ष देखी काम गर्दै आएका नारायण दाहालको अनुहारमा अहिले अली बेग्लै खुशी छाएको छ । सन् २००६ मा एक रेस्टुरेन्ट कामदारको रुपमा आएका नारायणका दाईको कमाई पनि सन्तोषजनक नै छ । तर पनि हालै कतारमा “कफला सिस्टम” खारेजीको समाचारले आफुलाई थप लाभ हुने भन्दै नारायण भन्छन , ” काम राम्रै छ र त यतिका बर्ष काम गरियो । तर मैले काम गर्दै आएको ठाउँबाट अर्को ठाउँमा काम गर्न जान लगभग असम्भब नै थियो । अर्को ठाउँमा काम गर्न को लागि रिलिज चाइन्थ्यो र अरु थुप्रै झन्झट थियो । अब मैले काम गर्दै आएको कम्पनीबाट अर्को कम्पनीमा काम गर्न जान मैले गर्दै गरेको कम्पनीमा करार अबधी सकेसी सहजै जान सक्छु, कुनै बाधा रहेन । पहिलेको नियमानुसार कम्पनी बादल्न कामदारले गर्दै गरेको कम्पनी छोडेर नेपाल गई पुन २ बर्ष पछी फर्कनु पर्ने नियम थियो । जुन नारायण जस्ता निम्न बर्गिय ब्यक्तीका लागि २ बर्ष बेरोजगार बसी पुन कतार फर्कन असम्भबप्राय नै थियो । अब भने कतारमा काम गर्ने नेपालीका लागि निकै सजिलो हुने आशा राखिएको छ। नारायण दाहाल त एक प्रतिनिधि पात्र मात्र हुन । पुरानो नियमले गर्दा समस्यामा परेका नेपाली थुप्रै छन ।

पारिमार्जित नियम अनुसार अब कतारमा काम गर्न जाने कामदारको स्पोन्सरसीप करारपत्र अनुसार हुनेछ । परिमार्जित कानुनले स्पोन्सरलाई कामदार बाहिर जानलाई रोक्ने अधिकार नदिने जनाइएको छ ।

[su_heading]के छ नयाँ नियममा ?[/su_heading]

नयाँ नियम अनुसार स्पोन्सरसिप सिस्टम समेत हट्ने छ कामदारले करार सम्झौता पत्रका आधारमा रोजगारी गर्न पाउने छन् । कामको करार पत्रमा आप्रवासी कामदारले कतार पुग्नु पहिले नै हस्ताक्षर गरेको हुनुपर्ने छ । अहिले कतारमा कार्यरत कामदारको पनि सोहि अनुसार सम्झौता परिवर्तन गरिने छ । रोजगारदातासँग नयाँ करार पत्रमा हस्ताक्षर हुने छ ।
कतारबाट फर्किएको दुईवर्ष पछि मात्रै जान पाउने कफला सिस्टम हटाइसकेपछि कतार जान पर्खिरहेका कामदार तत्काल जान पाउने छन् । पुरानो रोजगारदाताबाट अनुमति लिनु नपर्ने सिमा पासपोर्ट तथा आप्रवासी विभागका उपनिर्देशक व्रिगेडियर महमद अहमद अल अतिकले बताउनुभयो ।
पहिलाका यस्ता बन्देज हटाइएकाले यो नियम लागुभएपछि फर्किएकै भोलिपल्ट पनि नयाँ भिसामा कतार जान सक्ने प्रष्ट पारिएको छ । यस्तै रोजगारदाता कम्पनीले कामदारको पासपोर्ट अनावश्यक राख्न नपाउने र राखेमा १० हजार देखि २५ हजार रियाल सम्म जरिवाना तिर्नु पर्नेछ । कामदारलाई आधिकारिक स्वीकृति नलिई अन्य रोजगारदाताकोमा काम गर्न पठाएमा ५० हजार कतारि रियल जरिवाना र तीन वर्षसम्म जेल सजाय भोग्नु पर्नेछ ।
अब गरिने करार पत्रले कामदार र रोजगारदाताबीचका शर्त सुरुमै प्रस्ट पार्ने भएकाले कामदारलाई ठगिनबाट बचाउने छ । कफला सिस्टम लागुहुँदा म्यानपावर सञ्चालकले दुई किसिमको सम्झौता पत्र दिएर कामदार झुक्याउँदै आएका छन् । नेपालमा एउटा करार पत्र गराएर पठाउने र उहाँ अर्कै करार पत्रमा हस्ताक्षर गरार कामदार ठग्दै आएका छन् । यो नियम कार्यन्वयनमा आएपछि ठगी कार्य बन्द हुने अपेक्षा गरिएको छ ।
नयाँ नियम अनुसार घर फर्किन कम्पनीको अनुमति लिनुपर्ने छैन । सम्झौता अवधि सकिएपछि कामदार कम्पनीलाई जानकारी दिएर सहजै फर्किन सक्नेछन् । कुनै अभियोग लगाएर कामबाट निकालिएका कामदारले भने अदालतमा अपिल नगरे वा गरेर पनि दोषी ठहरिए ४ वर्षसम्म पुनः जान पाउने छैनन् । अदालतको फैसलापछि स्वदेश फर्किएका कामदार कतारको गृह मन्त्रालयको अनुमतिमा मात्रै कतार जान पाउने छन् ।
नयाँ नियम अनुसार आप्रवासी कामदारले करार अवधी सकिएपछि अथवा ५ वर्ष सम्म एउटै कम्पनीमा काम गरिसकेपछि सरकारको अनुमतिमा कम्पनी परिवर्तन गर्न सक्ने छन् । तर एउटै कम्पनीमा ५ वर्ष भन्दा बढिको सम्झौता हुने छैन । यस्तै करार अवधि हुँदै कम्पनी परिवर्तन गर्न चाहेमा भने रोजगारदाता र सम्बन्धित सरकारी निकायको स्वीकृति लिनुपर्ने छ ।
करार अवधि भित्रै स्वदेश फर्किन चाहाने कामदारले गृह मन्त्रालयमा आवेदन दिएर तीन दिनभित्रमा स्वीकृति पाउने छन् । तर आकस्मिक फर्किनु पर्ने कामदारको हकमा भने दुई पक्षको सहमतिमा तत्काल फर्किन दिइने उल्लेख छ । नयाँ रोजगारदाताले काम दिएमा पुरानो रोजगारदाताबाट अनुमति लिनुपर्ने छैन । आफूले करार सम्झौता गरेको कम्पनी बन्द भएमा अथवा रोजगारदाताको मृत्यु भएमा गृह मन्त्रालय र श्रम मन्त्रालयको स्व्किृतिमा अर्को कम्पनीमा काम गर्न पाइने छ । (- उज्ज्यालो अनलाइन )

 

New residency law to take effect in October