कहाँ जान खोज्दै छन् अमृता र मिलन दशैको मुखमा ?(भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कहाँ जान खोज्दै छन् अमृता र मिलन दशैको मुखमा ?(भिडियो सहित)



देवेन्द्र केसी -नयाँ दिल्ली

उदयिमान गायिका तथा हट मोडेल अमृता बरालले गायक मिलन बिसीलाई दशैको मुखमा नेपाल बोलाएपछि नेपाली सङ्गीत नगरीमा चियोचर्चो सुरु भएको छ । हैन दसैँमा नेपाल बोलाउने अमृता र मिलनको के नातो छ ?हामी खोजबिन गरेका छौ । चुरो कुरो के भने नव गायिका अमृता को शब्द र गायक मिलन को लय रहेको “घर जादै छु दसैँ तिहारमा ” एल्बममा अमृता ले मिलनलाई दाइ बनाएर तिहारको टिका लगाउन नेपाल बोलाएकी छिन ।

अमृता र मिलन कै स्वर रहेको एल्बम लाई बिश्नु भट्टराई ले खिचेका छन् । ऐल्वममा रेसम,सम्झना,रोहन र मिनाक्षी ले अभिनय गरेका छन् । अविरल फिलिम्स ले बजारमा ल्याएको ऐल्वमलाई सम्पादन तथा निर्देशन पनि बिश्नु भट्टराई ले नै गरेका छन् । “पारिवारिक भिडियो छ । दसैँ र तिहार मा दाइ र बहिनी भेट हुन पाउने भएपछिको खुसी लाई देखाउन खोजिएको छ “गायिका बरालले भनिन | नयाँ दिल्ली लाई कार्य क्षेत्र बनाई नेपाली सङ्गीत ईन्ड्सट्री मा होमिएकी नव गायिका बराल को ऐल्वम ले दर्शक को कस्तो साथ पाउला ?त्यो हेर्न बाँकी नै छ ।

https://youtu.be/JxfEYjfrvtQ