कैलालीको टीकापुर घटनाको किन भयो गृहमन्त्री-आईजी विवाद - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कैलालीको टीकापुर घटनाको किन भयो गृहमन्त्री-आईजी विवाद



७ असोज, काठमाडौं । कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी नेतृत्व र गृहमन्त्रीबीच विवाद उत्पन्न भएको छ ।

मधेस आन्दोलनका क्रममा टीकापुरमा दुई वर्षे बालक र ८ प्रहरीको हत्या गर्ने आपराधिक व्यक्तिहरूमाथि लगाइएको मुद्दा फिर्ता लिन प्रक्रिया अघि बढाएकोमा नेपाल प्रहरी नेतृत्वले त्यसको चर्को प्रतिवाद र आलोचना गरेको समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

गृह र कानुन मन्त्रालय साथै सर्वोच्च अदालतको विगतको फैसलाले समेत प्रहरीको अडानलाई बल पुर्‍याएपछि गृहमन्त्री अहिले अफ्ठेरोमा परेका छन् ।

मधेस आन्दोलनका क्रममा बिभिन्न व्यक्तिमाथि लगाएको मुद्दा फिर्ता लिने लिखित सहमति भएपछि मधेसी मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए ।

त्यही समर्थनका आधारमा मोर्चाले झन्डै ५ सय हाराहारीमा मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको नाम सरकारलाई बुझाएको थियो ।

मधेसी मोर्चाले सूची बुझाएका झन्डै ५ सय हाराहारीमा मुद्दा फिर्ता लिने गृहमन्त्री निधिले बताएपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले त्यस्तो निर्णय नगर्न गृहमन्त्रीलाई सुझाव दिएका छन् ।