कैलाली बाम किल्ला बन्छ :- बाम उम्मेदवार चौधरी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कैलाली बाम किल्ला बन्छ :- बाम उम्मेदवार चौधरी



हिमाल पोस्ट 

मंसिर १३ ,सुखड , कैलाली ।।

चुनाब नजिकिए सङ्गै बाम गठबन्धनले कैलाली क्षेत्र नम्बर ३ मा आफ्ना गतिबिधी बढाउन थालेको छ । अहिले निर्बाचन क्षेत्र नम्बर ३ मा बाम गठबन्धनले धमाधम सम्पर्क कार्यलय खोल्नुका साथै कार्यकर्ता प्रशिक्षणका कार्यक्रमलाई पनि तिब्रता दिएको छ ।

चुनाबी प्रचारकै क्रममा भेटिएका बाम गठबन्धनका तर्फबाट कैलाली क्षेत्र नंं ३ मा प्रतिनिसभाका उम्मेदवार  पुर्ब कृषि मन्त्री गौरीशंकर चौधरीले कैैैलाली लालकिल्ला बन्ने दाबी गरे । उनले भने ,”जनताले बामशक्तिलाइ दुई तिहाइ मत दिएर बिजयी बनाउने छ्न जनताको यो निर्णयले देश बिकासको पथमा अघि बढ्ने छ । यो बिकासको लडाइ हो”।

कैलाली क्षेत्र नम्बर ३ मा कस्ले बाजि मार्छ भन्ने प्रश्नमा उनले भने त्यस्मा कुनै दुबिधा छैन चुनाब हामी जित्छौ बाम गठबन्धनले अत्यन्तै सम्मानित मतका साथ बिजयी प्राप्त गर्नेछ ।

उता बाम गठबन्धनका तर्फबाट कैलाली प्रदेस सभा ३ ख बाट उम्मेदवार बनेका एमालेका अ्मर साउद पनि आफू जित्नेमा ढुक्क रहेको बताउछ्न । आफू निर्बाचनमा प्रतिस्पर्धा गरिरहेको क्षेत्र बामपंथीहरुको गढ भएको र जितमा कुनै शंका नरहेको उनले दोहोर्‍याए ।

अहिले दिनहु जसो चुनाबी कार्यक्रम सङ्गै घरदैलो कार्यक्रम पनि गर्ने गरेको प्रदेस सभा ३ ख को संयुक्त चुनाब परिचालन समितिका संयोजक खडक रावतले बताए । क्षेत्र नम्बर ३ मा बाम गठबन्धन को जित निश्चित भएको उनको भनाइ थियो ।

कैलाली क्षेत्र नम्बर ३ प्रतिनिधिसभामा गौरीशंकर चौधरी सङ्ग राजनितिमा निकै चतुर मानिएका काङ्ग्रेस नेता रामजनम चौधरी र अ्मर साउद सङ्ग काङ्ग्रेस का लक्ष्मण शाहिको प्रतिस्पर्धा हुदैछ ।