कैलालीको लम्की चुहा नगरपालिकामा १४ वर्षीया बालिका बलात्कृत - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कैलालीको लम्की चुहा नगरपालिकामा १४ वर्षीया बालिका बलात्कृत



कैलाली: कैलालीको लम्की चुहा नगरपालिका ३ बस्ने १४ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका ४ बस्ने ४७ वर्षीय बालाराम बसुटेललाई प्रहरीले पक्राउ गरेको छ ।

बालारामले माघ १९ गते बालिकालाई फकाई विवाह गर्छु भनी प्रलोभनमा पारी आफ्नै घरमा लुकाई छिपाई राखी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले बालारामलाई पक्राउ गरेको छ । यस सम्बन्धमा लम्की प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।