कैलालीको एक वडा कार्यालयमा तोडफोड, वडाध्यक्षमाथी हातपात - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कैलालीको एक वडा कार्यालयमा तोडफोड, वडाध्यक्षमाथी हातपात



कैलाली । कैलालीमा अज्ञात समूहले एक वडा कार्यालयमा तोडफोड गरेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका- २ को कार्यालयमा आज करिब १२ बजेतिर तोडफोड गरिएको हो ।

पुरानो चौमाला बजारमा रहेको वडा कार्यालयको कम्प्यूटर, प्रिन्टर, टेवुल लगायतमा क्षति भएको वडा अध्यक्ष जनकबहादुर साउँदले जानकारी दिए । कार्यालयमा बसिरहेको बेलामा अज्ञात समूहले आफुमाथी हातपात गरेको समेत बताए । उनले भने,” कार्यालय भित्र बसिरहेको अवस्थामा दुई मोटरसाईकलमा आएका ६ जनाको समूहले सामानहरु तोडफोड गरि आफुमाथी हातपात गरे , प्रतिकार गर्न खोज्दा उनिहरु भागे । सबैले मास्क लगाएर आएको हुँदा चिन्न सकिएन ।, उनले थपे ।”

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले वडा अध्यक्षमाथी हातपात र सामान तोडफोड गर्ने अज्ञात समूहहरुको खोजी कार्य भईरहेको बताए ।