संक्रमित कैलालीका युवा: हजारौँको भिड र बढेको त्रास - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

संक्रमित कैलालीका युवा: हजारौँको भिड र बढेको त्रास



काठमाडौं- कोरोना संक्रमित कैलालीका २१ वर्षीय युवक केहिदिन अगाडी १ हजार मानिसको भिडमा रहेको खुलेको छ ।

सरकारले लकडाउन घोषणा गरेपछि उनि भारतबाट स्वदेश फर्किएको र गौरीफन्टा नाकामा अड्किएर बसेको पनि खुलेको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत १० गतेबाट देशव्यापी लकडाउन गरेपछि ती युवक गौरीफन्टा नाका भएर घर फर्किएको बताइएको छ ।

चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टा नाकामा नाराबाजीमा उत्रिएको भीडमा उनी सहभागी रहेको कैलाली प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीले संक्रमित पुष्टि भएका युवक चैत ११ गते गौरीफन्टा नाकामा भएको नाराबाजीमा सहभागी रहेको पाइएको पुष्टि गरेको छ ।

सङ्क्रमित युवक भारतको मुम्बईको एक होटलमा काम गर्ने गरेको, सरकारले लकडाउन गरेको भोलिपल्ट गौरीफन्टा नाकामा नेपाल प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराबाजीमा उत्रिएको र हजारभन्दा बढीको हुलमा भएको पनि प्रहरीले पुष्टि गरेको छ ।

उक्त दिन भारतबाट फर्किएका एक हजारभन्दा बढी नेपालीले सुरक्षाकर्मीमाथि ढुंगामुढासमेत गरेका थिए ।

ढुंगामुढा भएपछि प्रहरी बल प्रयोग गर्नुपरेको थियो । सोही दिन कैलालीको पूर्वी सहर लम्की पुगेका ती युवकलाई अर्को दिन बिहान लम्कीचुहा नगरपालिका ९ मा रहेको सरस्वती माध्यमिक विद्यालय, प्रतापपुरमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।

उनीमा कोरोना संक्रमण देखिएपछि निकै धेरै मानिसमा त्रास देखिएको छ ।