कैलालीको लम्कीमा आफ्नै श्रीमती माथी धारिलो हतियार प्रहार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कैलालीको लम्कीमा आफ्नै श्रीमती माथी धारिलो हतियार प्रहार



लम्की ,कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका -२ मोतिपुरमा एक श्रीमानले आफ्नै श्रीमती माथी धारिलो हतियार प्रयोग गरि घाइते बनाएका छन् ।

आइतबार साझ करिब ६:३० बजे तिर मदिरा सेवन गरि २९ बर्षिय चन्द्र रिमालले २६ बर्षिया श्रीमती चन्द्रा रिमाललाई धारिलो हतियार हसिया प्रयोग गम्भीर घाइते बनाएका हुन ।

सामान्य विवादमा हसिया प्रहार गर्दा हात र टाउकोमा गम्भीर चोट लागेको ईलाका प्रहरी कार्यालय लम्किले जनाएको छ । घाइते चन्द्राको लम्की स्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै हतियार प्रयोग गर्ने श्रीमान चन्द्रलाई ईलाका प्रहरी कार्यालय लम्किले नियन्त्रणमा लिएको छ । उनीहरुको ५ वर्षिया र २ वर्षिया गरि दुई वटि छोरी छन् ।