कैलालीमा थप पाँच दिन लम्बियो निषेधाज्ञा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कैलालीमा थप पाँच दिन लम्बियो निषेधाज्ञा



कैलाली – कैलालीमा थप ५ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको निषेधाज्ञा आइतबार राति सकिँदै गरेको निषेधाज्ञालाई १९ गते राति सम्म लम्बाउने निर्णय गरेको हो ।

शुक्रवार बसेको सुरक्षा समितिको बैठकले पनि १९ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेपछि १९ गते सम्म थप गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भदौ ४ गते देखि १४ गते राति १२ बजेसम्म जिल्लामा निषेधाज्ञा लागु भएको थियो । फाइल तस्वीर