काजल अग्रवाल भेट्न मात्रै १० लाख - Himal Post Himal Post
  • ३ बैशाख २०८१, सोमबार
  •      Mon Apr 15 2024
Logo

काजल अग्रवाल भेट्न मात्रै १० लाख



एजेन्सी- भारतको रामानाथापुरम शहरका एक व्यक्ति काजल अग्रवालका फ्यान थिए । उनी आफ्नो फेवरेट स्टारसँग भेटघाट गर्न चाहन्थे । काजलसँग भेट गर्न उनले एक वेबसाइटको सहारा लिए । उक्त वेबसाइटले फ्यानहरुलाई काजल अग्रवालसँग भेट गराउने दाबी गरेको थियो ।

ती व्यक्तिले पनि काजलसँग भेट गराउने इच्छा व्यक्त गरे । तर उक्त वेबपेज एक अपराधिक गिरोहले सञ्चालन गरेको थियो । उक्त समूहले ती व्यक्तिसँग ५० हजार रुपैयाँ र व्यक्तिगत विवरण माग गर्यो ।

सम्पन्न परिवारका ती व्यक्तिले कुनै संकोच नमानी पैसा दिए आफ्नो विवरणसहित । समय बित्दै जाँदा उक्त समूहले पटक पटक पैसा मागिरह्यो ती व्यक्तिले दिँदै आए ।

केही समयपछि भने ती व्यक्तिलाई आफूसँग धोका भइरहेको महसुस भयो । तर उक्त समूहले पैसा माग्न छोडेन । तर जब उनले पैसा पठाउन छोडे घटनाले अर्कै मोड लियो ।

पैसा पठाउन छोडेपछि उक्त समूहले ती व्यक्तिका व्यक्तिगत डाटामा रहेका अन्तरंग तस्बिर सार्वजनिक गर्ने धम्की दिन थाल्यो । ती व्यक्तिले तीन किस्तामा १० लाख रुपैयाँ उक्त समूहलाई पठाइसकेका थिए ।

यो घटनापछि तनावमा रहेको ती व्यक्तिले आफ्नो घर समेत छोडेर हिँडेका थिए । प्रहरीले कोलकाताको एक गल्लीमा उनलाई फेला पारेको छ । उनको उजुरीका आधारमा प्रहरीले श्रवणकुमार नाम गरेका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।