ककनीबाट सुरु गरे महतले निर्वाचन अभियान स्थानीय गरे भव्य स्वागत। - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ककनीबाट सुरु गरे महतले निर्वाचन अभियान स्थानीय गरे भव्य स्वागत।



८ कार्तिक नुवाकोट

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा नुवाकोटमा चुनावी प्रचार अभियान पनि सुरु हुन थालेको छ । संविधान कार्यान्वयनलाई महत्त्वको साथ लिएको यो निर्वाचनबाट क्षमतावान र विकास निर्माणमा पहुँच राख्न सक्ने व्यक्ति चुनिनु पर्ने मा स्थानीय को आवाज छ ।यसै बिच नेपाली काँग्रेसका उमेदवारहरू निर्वाचन अभियान लिएर जनताको दैलोमा जान सुरु गरेका छ ।सो क्रममा प्रतिनिधि सभा क्षेत्र न १ को प्रदेश सभा क्षेत्र न २ का काँग्रेस उमेदवार रमेशकुमार महतले आफ्नो निर्वाचन अभियान ककनी गाउँ पालिकाबाट सुरु गरेका छ्न ।

काठमाडौँ नजिकै रहेको ककनी गाउपालिकाबासीको भव्य भेला सकेर दिउँसो उहाँ ३५ किलो को जुरेथुममा पुग्दा स्थानीयले भव्य स्वागत गरेका थिए । विपक्षको आधार क्षेत्रको रूपमा लिएको ककनी गाउपालिकाबाट निर्वाचन अभियान सुरु गरेकोमा त्यहाँका स्थानीय बुद्धिजीवी खुसी छन् । स्थानीयको स्वागत पछि सम्बोधन गर्दै महतले “यस क्षेत्रको समग्र विकासको लागि आफू र आफ्नो पार्टी इमानदार पूर्वक लागि पर्ने बताउँदै विपक्षीहरू काँग्रेसले गरेको विकास देखेर आत्तिएको भन्दै हतास र पराजित मनस्थिति बनाएको बताउनु भयो।यसै गरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को चुनावी अभियान शिवपुरी गाउपालिकाबाट कार्तिक ११ गते र क्षेत्र नम्बर २ को चुनावी अभियान कार्तिक ७ गते बेल्कोटगढी नगर पालिकाबाट सुरु हुने काँग्रेस श्रोत ले बताएको छ ।