योग्सना डिजिटलको प्रस्तुतिमा “काँकरी झालैले” तीज गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

योग्सना डिजिटलको प्रस्तुतिमा “काँकरी झालैले” तीज गीत बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /साउन २६ 

हिन्दुनारी महिलाको महान् पर्व तीजलाई लक्षित गर्दै योग्सना डिजिटल प्रा.लीले हालै मात्र तीज गीत “कांकरी झालैले ” सार्वजनिक गरेको छ ।
सुनिल के.सीको शब्द तथा कृष्ण सौरागको सङ्गीतमा रहेको सार्वजनिक गीतमा गणेश अधिकारी र ज्योति गोर्खालीको स्वर रहेको छ ।

टिपिकल शब्दमा तयार परिएको गीतको भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छन् भने सुरेश श्रेष्ठ को छायाङ्कनमा सुजन शाहीको सम्पादन रहेको छ ।

भिडियोमा अाशिर प्रताप , अञ्जली अधिकारी र अर्जुन कुंवरको नृत्य तथा अभिनय रहेको छ । गीत रबिना के.सी र कृष्ण सौरागको प्रस्तुतिमा योग्सना डिजिटलले बजारमा ल्याएको हो ।