कलाकारद्वारा तात्यो सउल - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कलाकारद्वारा तात्यो सउल



केशव पोखरेल /दक्षिण कोरिया ,असोज २० 

अर्घाखाँची सम्पर्क मन्च कोरियाद्वारा आयोजित सुपादेउराली  सांगीतिक  सौगात भाग १ मा नेपालबाट आगमन कलाकारले  कोरियाको  राजधानी सउल तताएका छन् ।

नेपाल आईडलमा टप ६ बाट बाहीरिएका सुरज थापा र टप ४ बाट बाहिरिएका सागर आलेले चुङ्रर्याे ओ गामा रहको फेग जु न्यन गिन्यमग्वान दर्शकहरुलाई  मन्त्रमुग्ध  पारेका थिए ।

सुरज थापाले “आमैले सोध्लिनि खै छोरो भन्नलिन “भन्ने गीत गाऊँदा दर्सकहरु भाबुक बनेका थिए । त्यसै गरी सागर आलेले सालै जो बोलको गीत गाईरहदा सम्पूर्ण दर्सकहरु मन्चमै ओर्लिन थालेपछि दर्सकहरुलाई रोक्नआयोजक टिमलाई हम्मे हम्मे परेको थियो ।

उक्त कार्यक्रममा लोकदोहोरि गायिका सम्झना लामिछानेमगर, लोकगायक एंव मोडल रामजि खांण,हाँस्यकलाकार दिनेश काफ्ले र मोडल रश्मि तामाङले पनि आफ्नो दमदार प्रस्तुति देखाएका थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंह रहेका थिए । उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण हिमालपोस्ट डटकमले दिएको थियो ।