कलाकारको आर्थिक अवस्था कमजोर हुदाँ संस्थाले चन्दा अभियान सुरु गर्दा साच्चिकै दु:ख लाग्छ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कलाकारको आर्थिक अवस्था कमजोर हुदाँ संस्थाले चन्दा अभियान सुरु गर्दा साच्चिकै दु:ख लाग्छ



बाटोमा हिन्दै गर्दा गोलो काले काले हसिलो अनुहार पछाडि टुप्पि पालेको यसो हेर्दा स्व. श्री कृष्ण श्रेष्ठ जस्तो मान्छे भेट्नु भयो भने नझुक्किनु होला उनी गायक, मोडल, संङ्गीतकार तथा एरेन्जर विश्वास नेपाल हुन सक्छन् ।

अर्घाखाँची स.न .पा .७  भुजुङ्गेमा आमा ललिता र बाबा डिल बहादुर को कोख बाट जन्मेर विगत लामो समय देखि काठमाडौँलाई कर्मथलो बनाउँदै आएका गायक विश्वास ,नेपाली संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने हिसाबले गीत सङ्गीतको क्षेत्रमा सक्रिय छन् । प्रस्तुत छ उनै गायक विश्वास सँग हिमाल पोस्टका लागि समीर प्रकाश पाण्डेले गरेको कुराकानी: 

दिनलाई कसरी उपयोग गरिँदै छ ?
– सङ्गीत क्षेत्रलाई नै निरन्तर्ता दिई रहेको छु ।

 कुन उमेरमा आउँदा लाग्यो कि म पनि गीत गाउन सक्छु ?
– वास्तवमा मलाई बच्चैदेखि गीत गाउन सक्छु जस्तो लाग्थ्यो , जब सात कक्षामा पढ्दा जिल्ला स्तरिय गायन प्रतियोगितामा सान्तोना पुरस्कारले संम्मानित हुँदा म पनि गाउन सक्छु जस्तो लागेको थियो त्यही देखि नै निरन्तर लागि रहेको छु ।

 के सुरुको गीत गाउँदै गर्दा यो लाग्थ्यो की आजको स्थान मा पुगौँला ?
– मलाई लागेको थिएन त्यसैले त सान्तोनामा आए हिहिहिहिहि……

सयौँको भिडमा तपाईँलाई दर्शक श्रोताले कुन स्थानमा खोजे भेट्लान् ?
– म अहिले पनि सङ्गीतकै विद्यार्थी  भएको र केही फरक कामहरू गरेकै कारणले दर्शक श्रोताले खोजेको ठाउँमा पक्कै भेट्नु हुन्छ ।

 यदि यो क्षेत्रमा नभएको भए तपाईँ यस क्षेत्रलाई कसरी सहयोग गर्न सक्नु हुन्थ्यो ?
– नेपाली गीत सङ्गीतलाई सानै देखि माया गर्ने गर्थे त्यसैले कलाकारहरूका सृजनालाई सेयर तथा हेरेर साथ दिन्थे होला ।

आजको मिति सम्म आउँदा गीत सङ्गीत क्षेत्रमा लागेर वास्तवमै उसको कलाको सही सम्मान नभएको व्यक्तिको जस्तो लाग्छ ?
-ठ्याक्कै नाम त नभनै क्यार यस्ता धेरै कलाकार छन् जो आफ्नो स्टाङ्डर मेन्टन गर्न सक्नु भएको छैन ।

कुनै क्षेण यस्तो आयो जहाँ यो क्षेत्र अङ्गालेर गल्ती गरेको जस्तो लाग्यो ?
– गीत सङ्गीत एउटा सृजना हो, जसले सृजना गर्छ उसको अर्थिक अवस्था कमजोर हुँदै गर्दा र हस्पिटलको बेडमा हुँदा यता संस्थाहरूले चन्दा अभियान सुरु गर्दा साच्चिकै दुख लाग्छ ।

 तपाईँ को सङ्गीत क्षेत्र पूर्ण रूपमा पेसा हो वा फुर्सदको सदुपयोग ?
-मेराे याे पूर्णरूपमा पेसा हो ।

पहिला एल्बम निकालेर सङ्गीतको गुरु खोज्न हिँड्नु भयो या सङ्गीत सिकेर एल्बम निकाल्न ?
– ईन्डियाबाट सङ्गीत सिकेरै एल्बम निकाले ।

तपाईँको फ्यानबाट प्राप्त सबैभन्दा अजिवको प्रतिक्रिया केही छ ?
– म कार्यक्रममा जाँदा अथवा कहिले काहीँ राजधानीमै हिन्दै गर्दा तपाईँ ठ्याक्कै स्व. नायक श्री कृष्ण श्रेष्ठ जस्तै हुनुन्छ भन्दै फोटो खिच्न अाउछन् ।

अहिले संम्म कति वटा जति गीत गाउनु भयो ? आफूलाई चिनाएको गीतको नाम लिनु पर्दा ? 
– २७  ओटा गीत गाए तर चिनाउने गीत भनेको सगरमाथा डुब्छ भन्ने गीत र हाम्रो प्यारो अर्घाखाँची ।

 तपाईँको बिचारमा प्रेम के हो? कसैको प्रेममा हुनुहुन्छ? 
– प्रेम महसुस हो । छु बुढी को ।

 सेक्समा प्रेम आवश्यक कि प्रेममा सेक्स ? 
– प्रेममा सेक्स नै ठिकै छ ।

 पत्रकार शब्द सुन्दा दिमागमा पहिला के आउँछ ?
– प्रश्नै प्रश्नको अड्डा ।

 एउटा त्यस्तो प्रश्न जुन तपाईँ आफैलाई सोध्नोस् र आफै उत्तर दिनुहोस् ?
– म किन यहाँ आए ? आफूलाई चिनाउन ।