कलाकार खालिङको निधन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कलाकार खालिङको निधन



हिमाल पोष्ट / काठमाडौँ, २९ मङ्सिर । लामो समयदेखि चित्रकलामा लाग्नुभएका कलाकार अर्जुन खालिङको आज ४१ वर्षको उमेरमा निधन भएको छ ।

सोलुखुम्बुको जिविङका खालिङ श्रीमती र छोरीसहित कोटेश्वरमा बस्दै आउनुभएको थियो । खालिङ कला लेखनको विभिन्न संस्थामा आबद्ध हुनुका साथै उहाँको कविता सङ्ग्रह पनि प्रकाशन भएको चित्रकलाकार शान्तकुमार राईले जानकारी दिनुभयो । रासस