कलाकारितामा नलागेका भए के बन्थे त यी कलाकार ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कलाकारितामा नलागेका भए के बन्थे त यी कलाकार ?



हिमाल पोष्टले पाठकको अभिरुचि अनुसार मनोरञ्जनको लागि नयाँ स्तम्भ तयार गरेको छ। कलाकारीता क्षेत्रमा निरन्तर लागी परेका १०जना कालाकारहरुलाई एउटै प्रश्न सोधिने यो कार्यक्रमको नाम “१०कलाकार १प्रश्न” हो।

प्रस्तुति: समिर प्रकाश पाण्डे

“१० कलाकार १ प्रश्न” मा सोधिएको प्रश्न यस्तो छ । 
तपाईँ कलाकार नभएको भए के बन्नु हुन्थ्यो?

भगवान भण्डारी (लोकदोहोरी गायक):यो नै बन्थें भनेर त ठोकुवा गर्न सक्दिन तर मलाई खेलकुदमा पनि रुचि राख्ने र प्राय खेलहरू राम्रै खेल्थें विशेष गरी भलिबल बढी खेल्थें। त्यसैले म खेलाडी पनि बन्न सक्थेँ या गाउँ घरमै खेती किसान गरेर बस्न पनि सक्थेँ अथवा कुनै व्यापारी पनि बन्न सक्थेँ वा कतै गतिलो काम गर्न नसकेर फाल्तु भएपछि नेता पनि बन्न सक्थेँ ।

देवी घर्ती मगर (गायिका) :म कलाकार नभएको भए केही सानो व्यवसाय गरेकी हुन्थे होला अथवा यत्तिकै घर व्यवहार समालेर बसेकि पनि हुन सक्थे । यो नै हुन्थे भन्ने त छैन तर व्यवसाय वा बिजनेस गर्न मन पर्थ्यो त्यसमा पनि कपडा पसल हुन्थ्यो होला अहिले पनि रुचि छ तर समय अभाव कलाकार भए पछि समय मिलाउनै गारो पर्ने भोलीका दिनमा समय मिल्यो भने बिजनेस न‌ै गर्ने मन छ ।

एकनारायण भण्डारी (सर्जक तथा गीतकार):यदि म कलाकारीता क्षेत्रमा नभएको भए शिक्षक हुन्थे होला किनकि गाउँमा शिक्षकहरुको निकै संम्मान हुन्थ्यो सबैले मान्थे र म पनि ११/१२ पद्ढा खेरि पढ्ने पढाउने काम गर्थे आखिर नेपालमा पढेको कुरा पढाउने बाहेक  के नै काम पाईन्थ्यो र !अरू व्यवसाय गर्न अल्लि बढी पैसा चाहिन्थ्यो आफू सँग त्यो पैसा थिएन । तेसैले  म कला क्षेत्रमा आउनु अगाडि टिचिङ गरेकाले यदि कलाकार भएर हात मुख जोड्न गारो भएको भए त्यही शिक्षक पेसा मै हुन्थे होला ।

सम्झना लामिछाने मगर (लोक दोहोरी गायिका):म अलि कति नक्कली छु सानै देखी नक्कल पार्न पाए हुरुक्कै हुने सानोमा दिदीको पाउडर गाजल चोरेर लुकि लुकि लाउथे हाम्रो पसल पनि थियो पसलमा बस्दै गर्दा बिजनेस तिर पनि रुचि बढेको थियो अर्को कुरा अरूलाई सेवा गर्न पनि मन पर्छ दयालु पनि छु सायद म यो कलाकारिता क्षेत्रमा नभएको भए बिउटिसियन, नर्स कि बिजनेस मेन हुन्थे होला ।

प्रकाश कट्टवाल (लोक दोहोरी गायक):म वास्तवमा भन्नु पर्दा बच्चा देखिनै अलि चन्चले स्वभावको मान्छे थिए र बाबा आमाले नगर है बाबु यस्तो गर्न हुन्न भनेको काम म सधैँ बिगार मात्र गर्नी खाल्को स्वभाव थियो मेरो, यदि म कलाकार नभएको भए म सायद गाई भैंसी गोठलो हुन्थे होला कि एउटा राम्रो व्यापारी हुन्थ्यहोला ।

सुरज भिरखोइरे (हास्य कलाकार):म कलाकार नभएको भए मास्टर बन्ने थिएँ , किनकि अझै पनि कलाकारिता अगाडि नबढेको खण्डमा आफ्नो शैक्षिक योग्यता अनुसार मास्टर नै बन्छु त्यो भन्दा अरू विकल्प छैन । मास भनेको महिना टार भनेको टार्ने मास टारे पछि तलब पाक्ने मास्टार नै बन्ने थिएँ । नत्र आफूले पढाइमा खर्च गरेको यत्रो वर्षको फल कसरी पो निस्कन्छ र ??

कला पंगेनी (लोक तथा दोहोरी गायिका):कलाकार नभएको भए के बन्थें या कलाकारीता नगरेको भए अहिले कुन पेसा अंगालीरहेको हुन्थें होला भन्ने प्रश्नको जवाफ नै पुरै काल्पनिक पाराले दिनुपर्ने हुन्छ । जस्तोकी भोलि कलाकारीता गर्न छोडीयो भने के गरीएला त भन्ने प्रश्नको जवाफ जति सजिलो छ त्यति सजिलो कलाकार नबनेको भए के बनिन्थ्यो भन्ने हुदोरहेनछ । यो समयमा आएर हिजो लाई हेर्दा जुन समय बाट म कलाकारीता मा लागें त्यो समयमा मेरा अरू के के विकल्प हरू थिए त भनेर सोच्नु पर्ने हुन्छ । त्यो समय नै त्यस्तै थियो ।आकाशमा जहाज उडेको देख्दा पाईलट या एयर होस्टेज हुन मन लाग्थ्यो। डाक्टरले बिरामी जाचेको देख्दा डाक्टर र नर्स देख्दा नर्सनै हुन मन लाग्थ्यो ! तर समय र परिस्थिति हामीले सोचेजस्कै गरी बग्दैन । ठ्याक्कै यकीन का साथ म यही पेसामा हुनेथिएँ भनेर ठोकुवा त कसरी गरौँ र खोइ ! तर नर्सीड• मेरो मन पर्ने काम थियो त्यो बेलाको सायद म नर्स भएर बिरामी हरुको सेवा गरिरहेकी हुन्थे होला ।

प्रीति आले (लोक दोहोरी गायिका तथा बेलि डान्सर):म कलाकार नभयकाे भय ड्रेस डिजाइनर हुन्थेँ होला मेरो यो रुचिको विषय हो, ड्रेस डिजाइनमा अझै पनि चासाे छ।आउँदा दिनमा समय मिल्याे भने साेचिराकाे पनि छु ,,ड्रेस डिजाइन काे बारे। अरू त के हुन्थे होला र खै  ।

अन्जु निरौला (मोडल):यदि कलाकारीता क्षेत्रमा म नअाएको भए सायद बिजनेस गर्थे होला मेरो रुचिको विषय पनि हो र अहिले पनि सानो तिनो बिजनेस गरी रहेकी छु म कलाकार नभएको भए यो बिजनेसलाई अल्लि ठुलो बनाउथे होला, कलाकार भए पछि अरू कामलाई त्यति धेरै समय दिन नसकिदो रैछ ।

राजु कमेडि भुजेल (हास्य कलाकार):म कलाकार नभएको भए जे पनि हुन सक्थे पहिला त किसानको छोरो खेती किसानी गर्थे होला गाई, बोका, कुखुरा, भौसी पालन गर्थे होला डाईभर, खलासी, कुक, वयटर, होटेल साहु, पिउन, स्कुलमा घन्टी बजाउने, बाटो बन्द गरेर पसल राख्ने, आफ्नै घरको हाकिम के के बन्थे बन्थे  ।