झुक्किनु होला यी कलाकारहरूको फेसबुक अाईडि ह्याक भएको छ (फोटो फिचर) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

झुक्किनु होला यी कलाकारहरूको फेसबुक अाईडि ह्याक भएको छ (फोटो फिचर)



समीर प्रकाश पाण्डे

सबैभन्दा चल्तीको सामाजिक सञ्जाल हो— फेसबुक । प्रयोगकर्ताहरूको उच्च चाप भएकै कारण स्टाटस अपडेट, च्याटिङ, म्यासेजिङमा मात्र यसको सीमितता छैन, ब्रान्डिङ, गीत सङ्गीतको पब्लिसिटीजस्ता धेरै कामका लागि पनि फेसबुक रोजाइमा पर्दै आएको छ । सूचनाका लागि पनि फेसबुक त्यत्तिकै रुचाइएको सामाजिक सञ्जाल हो । पछिल्लो समय फेसबुक अपराधको अस्त्रसमेत बन्न थालेको घटनाक्रमहरूले देखाउँछ । फेसबुकलाई प्रयोग गरेर ठगी गर्ने, नक्कली एकाउन्ट बनाएर चरित्रहत्या गर्ने, अश्लील सन्देश पठाउने, प्रतिशोध साँध्ने, ब्ल्याकमेलिङ एवं गालीगलौज गर्ने घटनाहरू एकपछि अर्को गरी सतहमा धेरै पहिलाबाटै आउन थालेका थिए ।

करोडौको सङ्ख्यामा प्रयोगकर्ताहरु रहेको फेसबुकका थुप्रै फाइदा छन् । फेसबुकमा कयौ व्यक्तिगत र संस्थागत डाटाहरु समेत राख्ने गरिएको छ । जुन डाटाहरु फेसबुक एकाउन्ट ह्याकसँगै ह्याकरहरुले चोर्न सक्छन् । फेसबुकले आफ्ना सदस्यहरू यस्ता समस्यामा नपरून् भनेर थुप्रै टुल्सहरु पनि दिएको छ । तर पनि दैनिक जसो थुप्रै मानिसहरूका फेसबुक ह्याक भएका घटना सुन्नमा आइरहेका छन् यसै बिच हालैमात्र गीत सङ्गीतमा चर्चामा रहेका कलाकारहरूको एका एक एकाउन्ड ह्याक हुँदै आएको पाइन्छ । हामीलाई जानकारी आए अनुसार चर्चित कलाकारहरू मोडल तथा निर्देशक शङ्कर बि.सी, चर्चित गीतकार तथा सङ्गीतकार एकनारायण भण्डारी, चर्चित गायक तथा मोडल पुस्कल शर्मा, हास्य कलाकार सुरज भिरखोईरे, पछिल्लो समयकी चर्चित गायिका भूमिका गिरी , चर्चित मोडल तथा भावना म्युजिक सोलुसनका सञ्चालक बिमल अधिकारीको फेसबुक एकाउन्ड ह्याक भएका छन् । विदेशी नंम्बर प्रयोग गरी ह्याकले धमा धम एकाउन्ट ह्याक गर्दै आएको छ ।

विदेश नम्बर र एकाउन्ड प्रयोग गरी अरूको प्रसनल एकाउन्ड ह्याक गर्दै आएको ह्याकरलाई छिटो भन्दा छिटो पहिचान गरी कार्वाही होस ।

अनुमति बिना यो सामग्री अन्य मिडियामा प्रकाशित नगर्नु होला  ।