कलाकारितामा प्रतिभा भन्दा पनि पैसा बिकेको छ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कलाकारितामा प्रतिभा भन्दा पनि पैसा बिकेको छ



हिमाल पोस्टले पाठकको अभिरुचि अनुसार मनोरञ्जनको लागि नयाँ स्तम्भ तयार गरेको यहाँहरुलाई अवगत नै छ । कलाकारीता क्षेत्रमा निरन्तर लागी परेका १०जना कालाकारहरुलाई एउटै प्रश्न सोधिने यो स्तम्भको नाम “१०कलाकार १प्रश्न” हो।

प्रस्तुति:  समीर प्रकाश पाण्डे

“१० कलाकार १ प्रश्न” मा यो अंङ्कको लागि सोधिएको प्रश्न यस्तो छ ।

पछिल्लो समय कलाकारिता क्षेत्रमा कला , गला मेहनत भन्दा पनि लगानी गरेको भरमा कलाकार भनेर चिनिनेहरुको कमी छैन ? साँच्चिकै प्रतिभा भन्दा पनि प‌ैसामा बिकेको हो कलाकारिता क्षेत्र?

शीतल शर्मा(गायिका):मेरो बिचारमा पैसामा नै बिकेको कलाकारिता त भन्नु नमिल्ला तर पैसाको कारण केही हद सम्म कलाकारीता क्षेत्रमा विकृति आएको छ समय परिवर्तनशील छ । नयाँ प्रतिभाहरू नयाँ सृजनाहरू आउनु पर्छ र यहाँ कला,गला र मेहनतले भन्दा पनि रहरले कलाकार बन्नेको कमी भएन । साथमा आफूमा भयको ख़ूबीको पहिचान नहुदा पैसा हाबी हूँन गएको  भन्ने लाग्छ   त्यो सही अर्थमा ग़लत हो आगामी दिनमा विकृति निर्मूल होस यही कामना।

मौसम गुरुङ् (गायक):खै मत अरूले के गर्दै छ भनेर चियो गर्न मन पर्दैन ,बरु आफूले के गर्दै छु भनेर बढी चिन्तित हुन्छु ।बरु राम्रा राम्रा सिर्जनाहरू सुन्छु हेर्छु अनि आफू पनि तेस्तो कसरि हुन्छु भन्ने बारेमा धेरै सोच्छु। अनि सोच्ने गर्दछु। होला पैसा हालेर खेल्नेहरू पनि तर उहाँहरुको पनि मन हो । कलाकार बन्ने धोको हुँदो हो  ।तेसैले होला । म खै अहिले सम्ममा  मलाई तेस्तो अनुभव त भएको छैन किनकि आफू पनि धेरै सङ्घर्ष गरेर यो स्थानमा आइपुगेको छु  । अझै खुट्किला चद्नुनै नै छ  । बरु यो कलाकारिता क्षेत्रमा आफूले कस्तो गर्‍यो के गर्‍यो भन्दा पनि अरूको कमी कमजोरीहरू कोट्याउने खिचातानी गर्ने प्रबिदिको मान्छे चैँ धेरै भेटिने गर्दछु ।

वसन्त लम्साल (गायक तथा सर्जक):पैसा ले गर्दा नै हामी जस्ता धेरै कलकार पछि परेको छौ । पैसा हुनेले गीत सङ्गीत किनेर गीत बजारमा ल्याउने र नचले पनि जबरजस्ती मिडियामा बजाउने गर्छ्न र मिडियामा बजे पछि चलेको भनिन्छ हामी पैसा लगाउन सक्दैनौ गीत गाएनी बजार, मिडियामा पुर्‍याउन सक्दैनौ यसरी प्रतिभावान कलाकार पछि परेका छन् ।

कला लम्साल(गायिका):सबै कलाकारहरुलाई नभनौ  होला केही कलाकार छन् । पैसाको भरमा जस्तो पायो त्यस्तै गीत बजार पठाएर ,छोटो लुगाको भरमा स्टेज उक्लियर हाउभाउ देखाउने खाल्का तर मेहनतका साथ सांगीत साधन गरी आफ्नो पहिचान देखायका पनि थुप्रै हुनुहुन्छ यस विषयमा रियल साधकको होत भनेर छुट्टायर हेर्न जरुरी छ ।

विक्रम बुढाथोकी(मोडल):कलाकारिता क्षेत्र पैसामै बिकेको छ त अल्लि भन्न नमिल्ला तर पछिल्लो कलाकारिताको क्षेत्रमा पैसाको भरमा केही कलाकार आएको देखिन्छ र पैसाले धेरै दिन टिकिदैन जब संम्म आफू सँग पैसा हुन्छ त्यतिन्जेल टिक्ने हो ।  कलाकार भन्ने बित्तिकै कला भएकाले कला देखाउने क्षेत्र हो  । जो सँग कला, प्रतिभा छ त्यसलाई पैसाको आवश्यक पर्दैन सङ्घर्ष गर्नु पर्ला तर राम्रो काम र प्रतिभाको मूल्याङ्कन गर्नु पर्छ र गरिन्छ होला जस्तो लाग्छ मेरो बिचारमा ।

तिलक बस्नेत (गायक तथा सर्जक):यहाँ गीत चल्ने पैसाले हो यहाँ आवाज भन्दा पैसा पैसा भयसी आवाज जस्तो पनि चल्छ यहाँ पैसा नहुने गरिब दुखीहरु सँग अथाहा कला छ के गर्ने आर्थिकको कारण केही गर्न सकेका छैनन् नेपाली गीत सङ्गीतले उचाइ नलिनु सायद यही कारणले हो कि जस्तो लाग्छ मलाइ यसमा राज्यले त्यस्ता कलाकार खोजी गर्न जरुरी देख्छु ।

सुधा थापा (गायिका):यो केही हद सम्म सत्य पनि हो । साथै दशकौ यही क्षेत्रमा विताएका र प्रतिभा भएकाहरू अलिक ओझेलमा परेको देखिन्छ  । जून मुख्य कारण त पैसा हुनेले मनग्य पैसा खर्च गरिदएर ड्यागडुगं पार्यो भिडियो र प्रचार प्रसार गर्‍यो एक छिन मै हिट भो अनि सेलायो ।तर यो सबैमा यो लागू हुँदैन किनकि राम्रो गाउन सक्न कलाकारहरू पनि छन्, जो वैदेशिक रोजगारी का क्रममा विदेशमा हुनुहुन्छ ! आफ्नो संस्कृति र गीत सङ्गीत लाई माया गरेर नेपाल आएका क्रममा गीत रेकर्ड गरेर पनि आफ्नो सङ्गीत प्रति को मोह लाई निरन्तरता दिनुहुन्छ ।

राजु गिरी(फिल्म निर्माता तथा निर्देशक):कलाकारिता क्षेत्र बिकेको भन्दा पनि केही नयाँ अनुहारहरु रहरले यो क्षेत्रमा आउने जाने भइरहेको छ । त्यसैले हुन सक्छ कलाकारमा अभिनय नित्य स्वर हुनै पर्छ पैसाको भरमा धेरै टिक्दैनन पैसा छन् जेल हो तर सबै प्रफेट भएर यो क्षेत्रमा आउने र भविष्य खोज्नेहरु टिकेकै छन् ।

बबिता बानियाँ “जेरी”(हास्य कलाकार तथा गायिका):पछिल्लो समय कला र क्षमताले कलाकार हुने भन्दा पनि पैसाले कलाकार हुने  धेरै छन्,जसले बढी पैसा खर्च गर्छ उस्कै गीत सङगीत बढी हिट हुन्छ। मिडियाहरुले पनि त्यस्तो खाल्का गीत र सर्जकहरुलाइ बढी प्राथमिकता दिन्छन  ।त्यसैले कोही कोही राम्रो सर्जक र सृजनाहरू छायामा परेको महसुस मैले गरेकी  छु ।

अनिल खनाल(गीतकार/ संगीतकार):सङ्घर्ष बिना कुनै पनि काम अधुरो हुन्छ जस्तै लाग्छ मलाई साधना बिना सङ्गीत हो पछिल्लो समयमा पैसाले कलाकार बन्नेहरुको लर्को लागेको छ । पैसा भएपछि कसैले तेरो स्वर राम्रो छ भनेर फुर्काइदियो भने गीतकार सँग शब्द किनेर सङ्गीतकार सँग सङ्गीत किनेर गीत गाउने प्रचलन र गीतकार सङ्गीतकारले पनि आफ्नो घरमा चुलो बाल्नको निमित्त मुटु निचोरेर स्वर नभएकै मान्छेलाई गीत दिनै पर्ने बाध्यता छ  ।अलि अलि ज्यान सलक्क परेको भयो भने अभिनय गर्न नजाने पनि गीतमा अथवा चलचित्रमा पैसा खर्चेर जबरजस्ती अभिनय गर्ने प्रचलन छ । तर प्रतिभाको प्रतिष्प्रधा गर्ने ठाउँमा पैसाले मात्रै प्रतिभा बिना टिक्न गाह्रो हुन्छ र टिकेका पनि छैनन् यो कुरालाई श्रोता दर्शकले पनि मूल्याङ्कन गर्नुभएकै छ । मुख्य कुरा त पछिल्लो समयमा कलाकारिता क्षेत्रमा साधनाको अभाव भएको हो की जस्तो  लाग्छ मलाइ ।